नेपाल इन्स्योरेन्स कम्पनी र मेरो माइक्रो फाइनान्स हकप्रद आउँदै, कति भर्न पाइन्छ सूचीसहित

५ बर्ष अगाडि

काठमाडौं – नेपाल इन्स्योरेन्स कम्पनी र मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको गरी कुल रु ७३ करोड ३ लाख ६५ हजार १०० बराबरको हकप्रद सेयर आउने भएको छ ।

नेपाल इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ४० लाख १४ हजार ६५१ कित्ता र मेरो माइक्रोफाइनान्सले ३२ लाख ८९ हजार कित्ता गरी सो मात्राको सेयर निष्कासन गर्न लागेका हुन् ।

नेपाल इन्स्योरेन्सले फागुन २१ गतेदेखि ६५ प्रतिशत अर्थात रु ४० करोड १४ लाख बराबरको हकप्रद सेयरको बिक्री खुला गर्ने भएको छ ।

इच्छुक सेयरधनीले चैत २५ गतेसम्म आवेदन दिन पाउने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । माघ २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र इन्स्योरेन्सको हकप्रद खरिदका लागि आवेदन दिन सक्ने छन् ।

त्यस्तै, मेरो माइक्रोफाइनान्सले फागुन १९ गतेदेखि शतप्रतिशत अर्थात रु ३२ करोड ८९ लाख बराबरको हकप्रद सेयर बिक्री खुल्ला गर्ने भएको छ । माघ २३ गतेसम्म कायम रहेका सेयरधनीले सो मात्राको हकप्रद खरिदका लागि आवेदन दिन सक्ने छन् ।

संस्थाको हकप्रद भर्न इच्छुक सेयरधनीले आगामी चैत २४ गतेसम्म आवेदन दिन पाउने छन् । संस्थाको सेयर निष्कासन तथा बिक्री प्रवन्धकको काम पनि ग्लोबल आईएमई क्यापिटल लिमिटेडले नै गर्ने भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया