युएई एक्सचेञ्जबाट पैसा पठाउदा लखपति बन्ने अवसर

५ बर्ष अगाडि

युएई – युएईको सबैभन्दा धेरै रेमिट्यान्स कारोबार गर्ने युएई एक्सचेञ्जले नेपाली नयाँ वर्षको अवसर पारेर नेपाली ग्राहकहरुलाई लक्षित गर्दै लखपति बन्ने योजना सार्वजनिक गरेको छ ।

नयाँ वर्षको बहारसँगै ग्लोबल रेमिट गर्दा लखपति बन्ने अवसर नामको योजना युएई एक्सचेञ्जले नेपालको ग्लोबल आइएमई बैंकको सहकार्यमा सार्वजनिक गरेको हो । नेपाली नयाँवर्ष २०७६ को पावन अवसरमा युएई एक्सचेञ्जले आफ्ना  समस्त ग्राहकवर्गमा शुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको  हार्दिक मंगलमय शुभकामना सहित नेपालीहरुप्रति समर्पित आकर्षक योजना लन्च गरेको युएई एक्सचेञ्जका नेपाल बजार प्रमुख सन्तोष प्रसाईले जानकारी दिएका छन् । 

 युएईमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले अत्यधिक विस्वास गरेको र सबैभन्दा धेरै कारोबार गरिरहेको युएईको भरपर्दो रेमिट्यान्स कम्पनी युएई एक्सचेञ्जले विगतका वर्षहरुझै यसपटक पनि नेपाल र नेपाली लक्षित आकर्षक उपहार योजना सार्वजनिक गर्न लागेको जानकारी प्रसाईले दिएका छन् ।

 यो योजना अन्तर्गत युएई एक्सचेञ्जका कुनै पनि शाखाहरुबाट नेपालमा रहेका आफन्तलाई ग्लोबल आइएमई बैंक मार्फत  पैसा पठाउदा  हरेक हप्ता लखपति बन्न सक्नेछन् ।

ूसात हप्ता, सात जना लखपतिू योजना ०१ मार्च २०१९ देखि १५ अप्रिल २०१९ सम्म लागि मात्र कायम रहनेछ । यो अवधिमा युएई एक्सचेञ्जबाट नेपालमा पैसा पठाएका सबै नेपालीहरुले यो योजनामा भाग लिन सक्नेछन् । हरेक हप्ता गोलाप्रथाबाट भाग्यशाली ग्राहकले नेपाली एकलाख रुपैयाँ पाउन सक्ने भएका कारण हुण्डी नगरी वैधानिक माध्यमबाट पैसा पठाउन युएई एक्सचेञ्जका नेपाल बजार प्रमुख प्रसाईले आग्रह गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया