यी नायिकाको लोभ्याउने  तस्बिरले सोसल मिडियामा बबाल

५ बर्ष अगाडि

मुम्बई – बलिउड अभिनेत्री अदा शर्मा पछिल्लो समय चर्चामा सधै रहने गरेकी छन् । अहिले पनि उनी एक फोटो सुटका कारणले हट केक बनेकी छन् । एक म्यागजिनका लागि गराएको उक्त फोटो सुटमा उनी बिकिनी अवतारमा देखिएकी छन् ।
अदा सुट गरेको तस्बिरका कारणले शोसल मिडियामा छाएकी छन् । उनले यस पटकको सुट ‘दि म्यान’ म्यागजिनका लागि गराएकी हुन् । म्यागजिनको अप्रिल संस्करणमा उनी देखिने छिन् । म्यागजिनका लागि खिचाएको तस्बिर उनले शोसल मिडिया मार्फत पनि शेयर गरेकी छन् । 
अदाले ‘१९२०’, ‘हंसी तो फंसी’ र ‘कमान्डो २’ जस्ता चलचित्र अभिनय गरेकी छन् । अदाले साउथ चलचित्रमा पनि काम गरेकी छिन् । ‘हार्ट अटैक’, टरण विक्रम’, ‘गरम’ लगायत उनका साउथ चलचित्र प्रदर्शनमा आइसकेका छन् ।
अदा अहिले गायनमा पनि देखिने तरखरमा छिन् । चलचित्र ‘चालीृ चैप्लिन २’मा उनको अभिनयको अलवा गायन पनि रहनेछ । चलचित्रमा प्रभुदेवा पनि रहने छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया