बलिउडका यी पाँच अभिनेत्री, जोसँग छैन भारतीय 'नागरिकता'

५ बर्ष अगाडि

काठमाडौँ – बलिउडमा यस्ता कैयौं कलाकार छन्, जो भारतीय होइनन् । तर भारतीय दर्शकमाझ निकै लोकप्रिय छन् । भूमिका नबाँधी हामी तपाईंलाई बलिउडमा लोकप्रिय तर भारतको नागरिकता नभएका पाँच अभिनेत्रीबारे संक्षेपमा बताउँछौं ।

क्याट्रिना कैफ
सुरुमा कुरा गरौं निकै सुन्दर मुहार भएकी क्याट्रिना कैफको । क्याट्रिना कैफको वास्तविक नाम क्याट्रिना टर्कोट हो । बलिउडमा चर्चित अभिनेत्रीमध्येमै पर्छिन् क्याट्रिना । उनको जन्म १६ जुलाई १९८३ मा हङकङमा भएको हो । जन्म हङकङमा भए पनि उनको नागरिकता बेलायतको छ । २००३ को बुम फिल्मबाट क्याट्रिनाले बलिउड यात्रा सुरु गरेकी थिइन् ।

नरगिस फाख्री
बलिउड अभिनेत्री नरगिस फाख्रीको जन्म सन् १९७९ अक्टोबर २० मा अमेरिकाको न्युयोर्क सिटीमा भएको हो । उनको वास्तविक नाम नरगिश मोहम्मद फाख्री हो । अमेरिकी मोडेल तथा अभिनेत्री नरगिस बलिउडमा आपूmलाई स्थापित गर्न संघर्षरत छिन् । तर, बलिउडबाट उनले अपेक्षाअनुसारको सफलता पाएकी छैनन् । नरगिस सन् २०११ मा रकस्टारबाट बलिउड प्रवेश गरेकी हुन् । उनीसँग पनि भारतको नागरिकता छैन । उनको नागरिकता पाकिस्तानी–चेक र अमेरिकाको मिक्सअप छ । उनी स्वयंलाई ग्लोबल सिटिजनशिप मान्छिन् ।

ज्याकलिन फर्नान्डेज
श्रीलंकाली अभिनेत्री ज्याकलिनको जन्म सन् १८८५ अगस्ट ११ मा बहराइनको मनामामा भएको हो । ज्याकलिनले बलिउड करिअर सन् २००९ मा रिलिज भएको ‘अलादिन’बाट सुरु गरेकी थिइन् । त्यसपछि उनले मर्डर–२ मा पनि काम गरिन् । उनीसँग पनि भारतको नागरिक छैन । उनको नागरिकता श्रीलंकाको हो ।

सनी लियोनी
बलिउडकी ुबेबी डलु सन्नी लियोनीको जन्म क्यानडाको सर्नियोमा सन् १९८१ मे १३ मा भएको हो । उनको वास्तविक नाम करनजित कौर भोहरा हो । पोर्नस्टारको रूपमा चर्चा कमाएकी विवाहित सन्नी हाल बलिउडमा काम गरिरहेकी छिन् । उनी इन्डियन–अमेरिकन अभिनेत्री र मोडेल हुन् । तर उनको नागरिकता क्यानेडेली–अमेरिकन छ ।

इल्ली अभ्राम
इल्ली अभ्राम एक स्विडिस अभिनेत्री हुन् जो अहिले बलिउडमा संघर्षरत छिन् । उनको जन्म सन् १९९० जुलाई १० मा स्विडेनको स्कटहोममा भएको हो । उनी टेलिभिजन प्रस्तोता र सञ्चालकको रूपमा समेत काम गर्छिन् । प्रायः उनी बलिउड फिल्ममा आइटम डान्समा देखिन्छिन् । उनको नागरिकता स्विडेनकै हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया