(Friday, 22 March, 2019)
By: आजको अर्थ
फागुन १९, २०७५

काठमाडौँ – स्टारडम ठूलो कुरा हो । केही कलाकारहरुलाई यो प्राप्त भएपछि आममानिसको सामुन्ने निस्किन निकै गाह्रो हुने गर्छ । त्यस्तो अवस्थामा उनीहरू आफ्नो सुरक्षाका लागि बडिगार्ड राख्ने गर्छन् । त्यसका लागि महँगो पारिश्रमिक दिने गरिएको छ । यहाँ बलिउडका ती पाँच सुपरस्टारलाई प्रस्तुत गरिएको छ, जसले बडिगार्डलाई सबैभन्दा महँगो पारिश्रमिक दिन्छन् ।

सलमान खान :– बलिउडका भाइजान अर्थात् सुपरस्टार सलमान खान पनि व्यक्तिगत सुरक्षाका लागि बढी रकम खर्चिने कलाकारमा पर्छन् । विभिन्न कारणले विवादमा तानिइरहने उनको सुरक्षाका लागि विगत २० वर्षदेखि सेरा खटिइरहेका छन् । जसका लागि सलमानले सेरालाई वार्षिक दुई करोड भारतीय रुपैयाँ दिने गरेका छन् । सलमानले सेराका छोरालाई बलिउडमा डेब्यु गराउने खबर पनि बाहिर आएको छ।

अक्षयकुमार : स्टार अक्षयकुमारलाई बलिउडका खेलाडी भनेर पनि चिनिन्छ । उनी वार्षिक तीन–चारवटा हिट फिल्म दिइरहेका हुन्छन् । उनी आफ्नो सुरक्षाका लागि मोटो रकम छुट्याउँछन् । अक्षयले आफ्नो सुरक्षा अहिले श्रेयासे थेले अकालेमार्फत गरिरहेका छन् । जसका लागि अक्षयले श्रेयासेलाई वार्षिक एक करोड २० लाख भारतीय रुपैयाँ पारिश्रमिक दिने गर्छन् ।

शाहरुख खान : बलिउडका किङ अफ रोमान्स शाहरुख खानले रोमान्टिक विधाका सुपरहिट फिल्म दिएका छन् । युवा–युवतीका लागि उनी रोल मोडल हुन् । उनी आफ्नो सुरक्षाका लागि बलिउडमा सबैभन्दा बढी रकम खर्च गर्छन् । उनले सुरक्षाका लागि रवि सिंहलाई वार्षिक दुई करोड ५० लाख तलब उपलब्ध गराउने गरेका छन् ।

अमिताभ बच्चन : सुरक्षा खर्चका मामलामा शीर्ष पाँचभित्र पर्छन्, बलिउड महानायक अमिताभ बच्चन । उनी ७५ वर्ष नाघिसक्दा पनि उत्तिकै सक्रिय छन् । उनको क्रेज पनि उत्तिकै छ । उनले सुरक्षाका लागि भनेर जितेन्द्र सिन्देलाई नियुक्त गरेका छन् । नयाँ पत्रिकामा खबर छ । हरेक सार्वजनिक कार्यक्रमदेखि जुनसुकै स्थानमा अमिताभलाई जोगाउनु जितेन्द्रको जिम्मेवारी हो । यसका लागि अमिताभले जितेन्द्रलाई वार्षिक एक करोड ५० लाख भारतीय रुपैयाँ पारिश्रमिक दिने गरेका छन् ।

आमिर खान:मिस्टर पर्फेक्सनिस्ट उपनाम पाएका बलिउड सुपरस्टार आमिर खान सन् १९८८ मा प्रदर्शन भएको ‘कयामत से कयामत तक’बाट एकाएक उदाए । यसपछि भने उनले अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन । हरेकपटक उनले व्यावसायिक र समीक्षात्मक रूपले सुपरहिट फिल्म दिएका छन् । उनले आफ्नो सुरक्षाका लागि पनि उत्तिकै खर्च गर्ने गरेका छन् । उनको सुरक्षाको जिम्मा युवराज घोरपन्डेले सम्हालिरहेका छन् । जसका लागि आमिरले वार्षिक दुई करोड भारु दिने गरेका छन् ।एजेन्सी 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत