विनोद चौधरीको नबिल बैंकलाई कानुन लाग्दैन ? शेरबहादुरको निर्देशनमा यसरी उडाइयो कानुनको धज्जी

६ बर्ष अगाडि

काठमाडौं-  नबिल बैंकलाई बैंक तथा वित्तीय क्षेत्रका धेरैले विनोद चौधरीको बैकका रुपमा लिने गरेका छन् । हुन पनि त्यो कुरा जायज नै हो । बैंकको कुल हिस्सा मध्ये चौधरीको मात्रै ६५ प्रतिशत बढी शेयर रहेको छ । नेपालको आर्थिक क्षेत्रमा संस्थागत रुपमा अव्यवसायिक रुपमा काम गर्ने कोही छन् भने उनै चौधरी हुन् । राजस्व छलीदेखि नक्कली स्टिकर बनाएर जालझेको काम गर्ने प्रमुख व्यक्तिका रुपमा कोही कसैले पनि सहजै चौधरीको नाम लिन सक्छ ।

पछिल्लो पटक उनै चौधरीको बैंकले सरकारको नीति नियम र कानुनको धज्जी उडाउने काम गरेको छ । नेपाल राष्ट्र बैंकले  क वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले एउटा बैंक छाडिसकेपछि अर्को बैंकमा जानका लागि ६ महिनाको अवधि खाली बस्नुपर्ने नियम बनायो । त्यसलाई कुलिङ पिरियडको नाम पनि दिइयो । व्यवसायिक रुपमा केही सीमा र दायरा राख्ने लक्ष्यका साथ उक्त व्यवस्था गरिएको हो ।

तर चौधरीको बैंकले नियम तथा कानुनको खुलमखुल्ला धज्जी उडाएका छन् । बैंकको साहुपनि मै हुँ, लगानीकर्ता पनि मै हुँ भन्दै चौधरीले नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ)  अनिल शाहलाई नियुक्त गरेका छन् ।

केन्द्रीय बैंकको कानुनी प्रावधानलाई ठाडै खिल्ली उडाउन चौधरी र शाहको मिलीभगत भएको देखिन्छ । काम कम बढी हल्ला गर्ने बैंकरको रुपमा अनिल शाहलाई लिने गरिन्छ । हल्ला गरेको भरमा बैंक चलाउन नसकिने भएपछि मेगा बैंक व्यवस्थाले नै शाहलाई हटाउने तयारी गरेपछि बाठो भएर शाह स्वयम्ले राजीनामा दिएका थिए ।

के भन्छ केन्द्रीय बैंक

कुलिङ पिरियडको मर्मलाई कुल्चिदैं अनिल शाहलाई डेपुटी सिइओमा नियुक्त गर्ने नविल बैंकको निर्णयलाई राष्ट्र बैंकले वैधानिकता नदिने बताएको  छ । तर चौधरी गर्भनर चिरञ्जिवी नेपाल मार्फत जसरी भएप्नि निर्णयलाई वैधानिकता दिलाउन दौडधूप सुरु गरिसकेका छन् । उनले प्रधानमनत्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवालाई समेत आफ्नो विषयमा जानकारी गराईसकेका छन् ।

नविलले चोर बाटो प्रयोग गरेर गत विहिबार शाहलाई डेपुटी सिइओमा नियुक्त गरेको थियो । राष्ट्र बैंकले गत पुस १३ गते एउटा बैंकको प्रमुख कार्यकारी अधिकृत अर्को बैंकमा कम्तिमा ६ महिना जान नपाउने व्यवस्था गरेको थियो । यही व्यवस्थाका कारण गत सोमबारको नविल बैंकको सञ्चालक समितिले शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने अघिल्लो निर्णय खारेज गरेको थियो ।

कुलिङ पिरियडका कारण अर्को बैंकको प्रमुख कार्यकारी हुन शाहले आगामी जेठ मसान्तसम्म कुर्नुपर्ने अवस्था थियो । तर चौधरीले कानुनको धज्जी नै उठाएर सही भविष्यमा प्रमुख कार्यकारी बनाउने गरी बिहीबार शाहलाई  डेपुटी सिइओ नियुक्त गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले कुलिङ पिरियडको निर्देशिका संस्थागत सुधारर व्यवसायिक विषय भएकाले अटेर गर्ने माथि कारवाही हुन सक्ने संकेत गरेका छन् ।

 

एउटा बैंकको सिइओ भइसकेको व्यक्ति अर्को बैंकमा तल झरेर जान्छ भन्नै सकिदैन तर सुशासन पालना गराउने र नागरिकको सम्पत्ति माथि खेलबाँड गर्ने छुट चौधरीलाई छैन, नबलिलाई छैन । बैकका प्रवक्ताकाअनुसार नबिलको विषयमा छलफल जारी रहेको र केही दिनमै उचित निर्णय गरिने छ ।

गभर्नरले नै दिए चोर बुद्धि

कानुन पालना नगराउने र नविललाई प्रमुख कार्यकारी अधिकृत भित्र्याउनका लागि चोर बुद्धि दिनमा बैंकका गर्भनर चिरञ्जिवी नेपालकै हात रहेको छ । नेपाल पनि काँग्रेसका कार्यकर्ता हुन् । चुनावमा काँग्रेस भनेर चौधरी हिडेको भन्दै उनै नेपालले चौधरीलाई चोर बुद्धि दिएको बताइन्छ । तर गर्भनर नेपालले भने आफूले चौधरीलाई त्यस्तो सल्लाह नदिएको भन्दै आफ्ना निकटस्थहरुसँग बताउने गरेका  छन् ।

स्रोतका अनुसार प्रमुख कार्यकारीलाई कुलिङ पिरियड लाग्ने तर तलकोलाई लाग्दैन भन्ने आइडिया राष्ट्र बैंकबाटै दिइएको हो । ‘कुलिङ पिरियडको निर्देशिका  आएपछि नविललाई राष्ट्र बैंकका नेतृत्वकर्ता र केही उच्च अधिकारीले डेपुटीमा नियुक्त गरेर शाहलाई ल्याउन आइडिया दिएका थिए । गर्भनर आफै संलग्न भएका कारण चौधरीको बैंकले गरेको कानुनको वर्खीलाप विरुद्ध कोही उभिने अवस्था नरहेको बताइन्छ ।

राजनीतिक दबाबका कारण राष्ट्र बैंकको समेत इज्जत जोगिने गरि शाहलाई डेपुटीका रुपमा लगिएको हो । प्रधानमन्त्री देउवाले समेत गर्भनर नेपाललाई  प्रधानमन्त्री निबासमा बोलाएर चौधरीको विषयमा आवश्यक निर्णय तत्काल गरिदिन निर्देशन दिएका थिए । त्यही भएर चोर बाटोबाट नियुक्तको उपाय बताइएको हो ।

सेलिब्रटी बैंकर भनेर समेत चिनिने अनिल शाहले भने पछिल्लो समय बैंकको ग्रोथ कम रहेको  र आफू आएसँगै बैंकले आक्रामक व्यापार गर्ने बताएका छन् । उनले यही माघ २१ गते आइतबारदेखि कार्यभार सम्हालेका छन् । बैंकिङ क्षेत्रमा तरलता लगायतका समस्याले गर्दा एग्रेसिभ ग्रोथ गर्नु चुनौतिपूर्ण भएको उनको भनाइ छ । बैंकको गत पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले शाहलाई सीइओमा नियुक्ति गरेको थियो । शशिन जोशीले सीइओबाट राजिनामा दिएपछि बैंकले शाहलाई सीइओ नियुक्त गरेको थियो ।

धोकेबाज शाह

मेगा बैंकको स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृत  भएका शाहले मेगामा सीइओ रहँदाकै अवस्थामा गत पुस १५ गतेदेखि लागू हुनेगरी सेञ्चुरी बैंकमा सीइओको नियुक्ति लिएका थिए । कारण थियो,शाहले केवल हल्ला मात्रै गर्ने बैंकको पक्षमा कुनै पनि काम नगर्ने । सेलिब्रेटीका रुपमा चर्का चर्का भाषण गर्दै हिड्ने तर काम भने वरको सिन्को समेतपर नसार्ने प्रवृत्तिका धनी हुन शाह । हलोदेखि हाइड­ोसम्मको नारा दिएर मेगा बैंक गएका  कुनै चमत्कार नभएपछि उनलाई हटाउने तयारी गरिएको थियो । सोही कुरा थाहा पाएर राजीनामा दिएर हिडेका थिए ।

मेगामा कार्यरत रहँदा नै शाह सेञ्चुरी बैंकका केही कार्यक्रमहरुमा समेत उपस्थित भइसकेका थिए । तर, सेञ्चुरी बैंकले शाहलाई दिन तयार भएको तलब बैंकको व्यालेन्सिटको आकारका आधारमा बढी हुन पुग्यो ।

स्रोतका अनुसार सेञ्चुरीको सञ्चालक समितिले शाहसँग मासिक १२ लाख रुपैयाँ दिने सम्झौता गरेको थियो । तर, राष्ट्र बैंकले ब्यालेसिन्सटको कारण देखाउँदै यही व्यालेन्सिटका आधारमा ८ लाख भन्दा बढी दिन नमिल्ने देखियो ।

 

ग्ल्यामर बैंकरका रुपमा परिचित शाहको मेगादेखि सेञ्चुरी र सेञ्चुरी देखि नविल बैंकसम्मको अहलेको यात्रालाई कतिपयले पूर्णव्यावसायिक नभएको भन्दै आलोचना समेत गरेका छन् । उनलाई धेरैले धोकेबाजको संज्ञा पनि दिएका छन् । यसविषयमा चौधरीसँग प्रतिक्रिया दिन  आजको अर्थले पटक पटक सम्पर्क गर्दा पनि सम्पर्कमा आएनन् । 

 

६ बर्ष अगाडि

प्रतिक्रिया