गोपी ढकालको लाइन पछ्याउदै कमल थापा

५ बर्ष अगाडि

काठमाडौं –  टुटफुट र मिलनको चरणबाट गुज्रिरहने राप्रपा वृत्तमा एउटा चाखलाग्दो घटनाक्रम पर्दापण भएको छ ।

दुई वर्षभन्दा अघि राप्रपाका युवा नेता गोपी ढकालले प्रचण्ड सरकारमा राप्रपा मन्त्री खान गए गम्भीर भूल हुनेछ भनेका थिए ।

पार्टी नेतृत्वलाई सजग गर्दै जारी गरिएको यस्तो सार्वजनिक चेतावनी समयक्रमले सोह्रै आना सत्य साबित गरेको छ ।

अरु त अरु कमल थापा स्वयमले गोपी ढकालको सार्वजनिक वाणीलाई गुरुमन्त्र मानेको देखिन्छ ।

स्वाभिमान यात्राको क्रममा भर्खरै मात्र राप्रपाका अध्यक्ष थापाले, प्रचण्डको सरकारमा सहभागी हुनु रणनीतिक कमजोरी थियो भन्दै क्षमा मागेका छन् ।

प्रचण्ड सरकारमा राप्रपा सामेल भए उर्लदो राष्ट्रवादी छवी रसातलमा पुग्छ भनेर हाल राप्रपा (संयुक्त) मा आवद्ध ढकालले २०७३ साल पौष १४ गते सामाजिक संजालमा स्टेटस लेखेका थिए ।

ढकाल जस्ता लाखौं समर्थकको चाहनालाई लत्याउदै कमल थापा त्यतिखेर प्रचण्ड सरकारमा उपप्रधानमन्त्री खान पुगेका थिए । कुर्सीको लोभलाई थापाले एजेण्डा बेचेको थप प्रमाणमा रुपमा लिएका थिए नेपाली जनताले त्यसबेला ।

अर्थात ढकालको ठम्याई अनुरुप नै थापा शून्यमा झरे । राप्रपा नामधारी दलहरुलाई रसातलमा पुर्याए, राष्ट्रिय पार्टी नबन्नुमा थापाकै रणनीतिक भूमिका जिम्मेवार छ ।

त्यसबेला एक ढिक्का राप्रपाका अध्यक्ष थिए थापा । सत्ताको उन्मादमा थापाले राजाभन्दा आफू शक्तिशाली भएको भन्दै बहुलठ्ठीपन सार्वजनिक गरे । राजाले पार्टी फुटाएको आरोप लगाए ।

नेपालमा मात्र होइन, संयुक्त राष्ट्र संघको वैठकमा बोल्दै नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको दाबी गरे ।

प्रचण्ड सरकारको हकमा गोपी ढकालको लाइन समाते पनि कमल थापाले उत्कृष्ट संविधानको बारेमा मौनता साँधेका छन् । त्यो मौनता सविधान प्रतिको उनको समर्थन हो ? जनता जान्न चाहन्छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया