बेलायतका सडकमा अब चालकरहित गाडी

५ बर्ष अगाडि

लन्डन – बेलायत सरकारले चालकरहित गाडीको प्रविधि परीक्षण अन्तिम चरणमा पुगेको जनाएको छ । 

यस वर्षको अन्तिम सम्ममा परीक्षण गरी सन् २०२१ सम्म बेलायतका सडकमा चालकरहित सवारीसाधन गुडाउने लक्ष्य सरकारको छ ।

सन् २०१७ मा अर्थमन्त्री फिलिप ह्यामण्डले ड्राइभररहित गाडीको प्रविधि विकासका लागि बजेट छुट्ट्याएका थिए । यसका लागि चार वर्षको लक्ष्य राखिएको थियो । विश्वको नयाँ औद्योगिक क्रान्तिको कारक बन्न यस्तो प्रविधि जरुरी भएकाले सरकारले लगानी गर्ने बेलायती अर्थमन्त्रीको उद्घोष थियो ।

विश्वमै चालकरहित सवारीसाधन प्रविधिमा बेलायतको अग्रणी भूमिका रहने र यो सुरक्षित हुने सरकारको विश्वास छ । सुरक्षा संवेदनशीलता तथा सावधानीको नियम पालना गर्नुपर्ने भएकाले यस प्रविधिको परीक्षणका लागि बेलायत सरकारले नयाँ सुरक्षा नीति पनि तर्जुमा गरेको छ ।

बेलायतमा सन् २०१५ मा पहिलोपटक चालकरहित गाडीको सुरक्षा परीक्षण नियम बनाइएको थियो । उक्त परीक्षण नियमावलीमा गाडीको सुरक्षा जानकारी, परीक्षण रिपोर्ट, परीक्षण अगाडि गर्नुपर्ने जोखिम अवधारणा साथै सरकारी निकाय,आपत्कालीन सेवा तथा यस परीक्षणबाट असर पर्ने व्यक्तिहरूलाई खबर गर्नुपर्ने उल्लेख छ । कान्तिपुर

५ बर्ष अगाडि

प्रतिक्रिया