बद्री पंगेनीको प्रश्न : कलाकारहरु चर्चामा आउन कि मर्न पर्ने की बिबादमा पर्नै पर्ने ?

५ बर्ष अगाडि

बुटवल – राज्यले कलाकारिता क्षेत्रलाइ उचित सम्मान गर्न नसकेको कलाकारहरुले गुनासो गरेका छन् ।  नेपालको मैलिक गितको रुपमा मानिने  लोकगितलाई राज्य र मिडिया  कम साथ दिएको उनिहरुको गुनासो रहेको छ ।

बुटवलमा पांचौ अर्ना रनिङ्ग शिल्ड दोहोरी गीत प्रतियोगिता तथा सांस्कृतीक महोत्सवको सन्दर्भमा रिपोर्टर्स क्लव प्रदेश ५ मा आयोजित साक्षात्कारमा बोल्दै उनीहरुले नेपालका राज्य संचालकहरुले कलाकारिता क्षेत्रको बिकास र संरक्षणका लागि आश्वासन बाहेक कलाकारलाइ कुनै प्रकारको सम्मान र स्थान नदिएको गुनासो गरेका हुन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले नेपालको कलाकारहरु चर्चामा आउन की त मर्न पर्ने की बिबादमा पर्नै पर्ने ? भन्दै प्रश्न गरेका छन् ।

नेपालमा अहिले मिडियाहरु धेरै खुलेका छन् तर कलाकारको चर्चा गर्न,लेख्न कन्जुस्याङ भएको  भन्दै दुखेसो सुनाए ।

‘कलाकारका लागि पत्रकार घर छाउने खर जस्तै हो ,पहिले कम मिडिया थिए, अहिले धेरै छन् तर पहिलेको तुलनामा कलाकारको चर्चा र महत्व कम भयो,हाम्रो बेवास्था भयो की ?’ उनले भने ।

‘कि मर्न पर्ने की बिबादमा पर्नै पर्ने ?,हामी राज्यसंग पनि लडेकै छौं,हामी चाहन्थ्यौं राज्यको पांचौ अंग बनाइयोस् तर राज्यले अंग त दिएन,तर अब ढंग पुर्याओस् अंग चाहिएन ।’

उनले बुटवलमा जारी अर्ना दोहोरीलाइ सफल बनाउन सबैको सहयोग र पहल हुनुपर्ने बताए ।

पशुपति शर्माको गीतबारे पंगेनीलाइ सोधिएको प्रश्नमा उनले अब त्यतातिर नजान हातै जोडेर आग्रह गरे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल निर्बतमान अध्यक्ष चन्द्र शर्माले  

२०३९ बाट हेटौडाबाट शुरु भएको दोहोरी गीत प्रतियोगिता अहिले समयसापेक्ष परिष्कृत हुदै गएको बताए ।

बुटवलको महोत्सवमा ५६ टीम सहभागि भएको र आफुहरु कलाकार स्थापित गर्ने अभियान चलाइरहेको बताए।

प्रतिष्ठानका प्रदेश ५ अध्यक्ष डिल्लीनारायण पाण्डेले नेपाली लोकदोहोरी क्षेत्रले संस्कार र संस्कृतीको संरक्षण गरिरहेको बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया