राष्ट्र बैंकले भन्यो: नोटमा केरे कारवाहीमा परिएला

५ बर्ष अगाडि

काठमाडौ – तपाईले जानेर वा नजनोर तपाईसँग भएको पैसा वा नोटमा केरकार गर्नुहुन्छ ? वा केही पनि हुँदैन भन्दै नोट बिर्गानुहुन्छ ? यदि त्यस्तो गर्नुहुन्छ भने अबदेखि त्यस्तो नगर्नुस् । तपाई प्रहरीले समात्न सक्छ ।

जथाभावी लेखेको वा केरमेट गरेको नोट तपाईको साथमा छ भने पनि प्रहरीले समाएर जेल हाल्न सक्छ । सरकारले यस्तो कानूनी प्रबन्ध गरेको छ ।  मुलुकी अपराध (संहिता) ऐन, २०७४ र मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ पनि लागू गरेको छ ।

उक्त ऐनमा नोटमा लेख्ने र केरमेट गर्नेलाई पनि फौजदारी कसुर भनि परिभाषित गरिएको छ । नोटलाई काम नलाग्ने गरी च्यातेमा वा कसैले नोटमा लेखेमा वा कोरेमा त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र ५ हजारसम्म जरिवाना हुने व्यवस्था छ । नोटमा केरमेट वा लेख्ने गरेमा वा आफूसँग राखेमा मात्र कसुर गरेको ठहरिने व्यवस्था उक्त ऐनमा गरिएको छ ।

नोटमा केरमेट अर्कैले गरेको हुन सक्दछ । अर्कैले मिसाएर दिएको पनि हुन सक्दछ बैंक नोट होल्ड गर्ने व्यक्तिलाई केरमेट तिमीबाट नै भएको हो भनेर पनि सजाय हुन सक्ने सम्भावना बढी हुन्छ । त्यसैले पनि बैंक नोट अरुसँग लिनु पहिले सजग हुनुपर्ने नेपाल राष्ट बैंकको भनाइ छ ।

जानअन्जानमा गरेको हो होइन भन्ने छुट्याउने आधार नभएकाले कहिलेकाहीँ थाहा नै नपाइकन पनि त्यस्तो कुरामा फस्न सकिन सम्भावना हुने राष्ट बैंकको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारी वा अन्य व्यक्तिहरुले खुद्रा नोटको प्याकेटमा कति नोट छ भनेर हेक्का राख्नका लागि नोटमा अंक लेख्ने गर्छन् । यसरी लेखिनु पनि कानुनी रुपमा अपराध नै हो । त्यसरी नोटमा लेख्ने वा लेखेको नोट प्रयोग गर्नेलाई पनि कारबाही र सजाय हुने व्यवस्था ऐनमा छ ।

राष्ट्र बैंकले ८ वर्षअघि देखि नै सफा नोट नीति लागू गरिसकेको छ । त्यस्तो नीति ल्याएपछि पनि नोट केरमेट गर्ने बानीमा परिवर्तन नभएपछि बाध्य भएर सजायको व्यवस्था गरिएको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया