युवतीलाई प्याड प्रयोग गर्न सिकाउँदै प्रियंका

५ बर्ष अगाडि

काठमाडौँ – केही समय अघि मात्र खानेपानी मन्त्रालयद्धारा महिनावारी स्वच्छता दूतमा नियुक्त गरिएका कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी धनुषा पुगेका छन् ।

आयंका फाउण्डेशनले धनुषा जिल्लाका तीन विद्यालयमा महिलामैत्री शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । फाउण्डेशनले हरेक विद्यालयमा दुईवटा शौचालय, फल दिने ९ वटा बोटबिरुवा, २ थान डस्टबिन, सय थान ब्याग र ५० थान पुनः प्रयोग गर्न मिल्ने प्याड पनि वितरण गरेको छ ।
धनुषाको जनता मावि, हरिपुर निगाहपुर मावि र आधारभूत माविमा एक कार्यक्रमकाबीच उक्त सामग्री वितरण गरिएको हो ।

फाउण्डेशनका अध्यक्ष एवम् कलाकार प्रियंका कार्की, कोषाध्यक्ष आयुष्मान देशराज जोशी एवं सल्लाहकार सरोज ओलीको उपस्थितिमा भएको कार्यक्रममा महिनावारी सम्बन्धि सचेतना अभिवृद्धि पनि गरिएको छ ।

नायिका कार्कीले महिनावारीको विषयमा अहिलेसम्म खुलेर कुरा गर्ने संस्कारको विकास भइनसकेको भन्दै छात्राहरुलाई महिनावारी भएको समयमा सरसफाईमा ध्यान दिन आग्रह गरिन् ।

कपडाबाट बनेको त्यस प्याडलाई धोएर एक वर्षसम्म प्रयोग गर्न मिल्ने उनले बताइन् । एउटा झोलामा चार थान प्याड, दुई थान अन्डरवेयर, साबुनलगायतका सामग्री रहेको उनले जानकारी दिइन् ।

कार्यक्रममा उनले प्याड प्रयोग गर्ने तरिकासमेत छात्राहरुलाई सिकाएकी थिइन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया