त्यतिबेला धन्न म बाचेँः ओली

५ बर्ष अगाडि

झापा–प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको सपना पूरा गर्न पार्टी एकता गरिएको बताएका छन् । 
 ४६ औं सुखानी स्मृति दिवशको अवसरमा आज झापामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 
 प्रधानमन्त्री ओलीले २०२९ सालमा जनताका हक अधिकारको माग गर्ने युवाहरुलाई जेल सार्ने बहानामा सुखानीमा ल्याएर गोली हानेर मारिएको बताए ।  “म भागेर बचेँ नत्र त्यतिबेला म पनि मारिन सक्थें” प्रधानमन्त्री ओलीले भने “हामीले त्यसबेला पञ्चायतको अन्त्य र गणतन्त्र स्थापनाको माग उठाएका थियौं ।”
  प्रधानमन्त्री ओलीले झापा आन्दोलनले उठाएका र पुरा हुन बाँकी रहेका मागहरु त्यसपछिका कम्यूनिष्ट आन्दोलनले पुरा गरेको बताए  । “झापा आन्दोलनका सहिद मात्र होइन गणतन्त्रका लागि लडेका सबै सहिदहरुको योगदान महत्वपूर्ण छ ” प्रधानमन्त्री ओलीले सुखानीबाट भने “म यही सहिद भूमिबाट भन्न चाहन्छु तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी)को पार्टी एकता पनि सहिदका सपना पूरा गर्नका लागि भएको हो ।”
  प्रधानमन्त्री ओलीले लुटपाट गर्ने,चन्दा उठाउने धन्दा गर्ने समुहलाई कम्यूनिष्ट भन्न नसकिने बताए ।  “जनतालाई चक्कु देखाएर कम्यूनिष्ट पार्टीको नाम लिने काम बन्द गर्नुहोस” प्रधानमन्त्री ओलीले भने “म यो सहिद भूमीबाट फेरी एक पटक आह्वान गर्छु ,कोही वास्तविक कम्यूनिष्ट हुनुहुन्छ भने नेकपा आएर समाहित हुनुहोस् ।”
   प्रधानमन्त्री ओलीले सरकारले देशैभरी विकासको माहोल ल्याएको बताए ।  “केही तत्वहरुले जनता भाँड्न सरकारले केही गरेन भने पनि सरकार विकास,निर्माण , सुशासनमा जिम्मेवारीपूर्वक लागि परेको हो ।”
 
 २०२९ साल फागुन २१ गते झापबाट इलाम जेल सार्ने बहानामा रामनाथ दाहाल,नेत्र घिमिरे,कृष्ण कुंइकेल,विरेन राजवंसी र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा गोली हानी हत्या गरिएको थियो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया