तपाई मोबाइल फोनमा कति समय बिताउनुहुन्छ ? हुँदैछ यस्तो सर्वेक्षण

५ बर्ष अगाडि

काठमाडौं – तपाई मोबाइल फोनमा कति समय बिताउनु हुन्छ ? धेरैलाई प्रश्न गरियो भने के उत्तर आउँला । आम मानिसले जवाफ दिनेछन् दिनको एकाध घण्टा । पछिल्लो समय स्मार्ट फोनमा नै सारा संसार जोडिएको कारण मोबाइल फोनमा दिन बिताउनेको जमात ठूलो रहेको छ ।

काम भएन भन्दै धेरै समय फोनमा नै सामाजिक सञ्जाल चलाउने जमात बढ्दो छ । तर त्यसले स्वास्थ्यमा समेत समस्या पार्न सक्छ । तर भारतमा भने पछिल्लो पटक एउटा सर्वेक्षण गर्न थालिएको छ , तपाई मोबाइल फोनमा कति समय बिताउनुहुन्छ । राज्यको नीति निर्माणमा सहयोग पुगोस् भनेर त्यस्तो सर्वेक्षण गर्न थालिएको हो ।

नागरिक बेकामे नबसून तथा उनीहरु कुनै न कुनै रुपमा काममा व्यस्त हुन भन्ने ध्येयका साथ त्यस्तो सर्वेक्षण सुरु गरिएको हो । नेपालमा भने यस्तो खालको सर्वेक्षण हालसम्म हुन सकेको छैन ।

त्यस्तो सर्वेक्षणले नागरिकको चाहना के कस्तो रहेछ भन्ने पत्ता लगाउन सकिने र नीति निर्माणमा समेत त्यसले प्रभाव पार्ने विश्लेषणमा साथ प्रक्रिया सुरु गरिएको हो । नेपालमा भने हालसम्म यस्तो प्रकारको सर्वेक्षणको काम भने हुन सकेको छैन ।

भारतमा त्यो मात्र होइन तपाई कति समय गफगाफमा बिताउनुहुन्छ वा साथी भाइसँग तपाईले कति समय गफ गरेर समय खर्च गर्नुहुन्छ भन्ने बारेमा समेत नागरिकसँग सोधने भएको छ । त्यो मात्र होइन तपाई रातमा कति समय सुत्नुहुन्छ ? यस्ता प्रश्न समेत सोधिने छन् ।

भारतमा पनि पहिलो पटक यस्तो सर्वेक्षणको काम सुरु हुन लागेको छ । सर्वेक्षणमा निम्न, मध्यम तथा उच्च वर्गका ६ वर्ष माथिका सबै नागरिकलाई सहभागी गराइने छ । देशभरका १० हजार शहर तथा ग्रामीण क्षेत्रमा आगामी डिसेम्बरदेखि त्यस्तो सर्वेक्षणको काम सुरु हुनेछ । त्यसको परिणाम सार्वजनिक भएपछि नीति निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

भारतको नशेनल स्याम्पल सर्वे अफिसले त्यस्तो सर्वेक्षण गर्नेछ । सर्वेक्षण टोली घर घरमा गएर नागरिकलाई सोध्नेछन् मोबाइल फोन कति समय चलाउनुहुन्छ ? कति समय सुत्नु हुन्छ ? र कति समय गफ गाफमा बिताउनुहुन्छ  ?

यस्तै मोबायल् फोन, फिल्म, टिभीमा कति समय र सुत्न कति समय दिनुहुन्छ ? यस्तै बच्चा तथा युवालाई सोधिनेछ , तपाई कति समय खेल्नुहुन्छ ?

विद्यार्थीलाई सोधिनेछ , तपाई कति समय पढ्नमा ध्यान दिनुहुनेछ ? महिलालाई घरको काममा कति समय र साथी भाइ सँग कति समय बिताउनुहुन्छ ? व्यापारी, मजदुर, सरकारी तथा गैरसरकारी कर्मचारीलाई कति समय काम गर्नुहुन्छ ? र काममा तपाईको पहिलो प्राथमिकता के हुनेछ ? यस्तै स्वास्थ्य र समाजसेवाको बारेमा समेत प्रश्न सोध्ने तयारी गरिएको छ ।

यस्तो खालको सर्वेक्षण संसारमा १०० बढी देशमा हुने गरेको छ । समयको उपभोग के कसरी गरिन्छ भन्ने विषयमा पत्ता लगाएर त्यसबाट राज्यको नीति तथा अन्य कानूनी आधार तयार पार्न त्यस्तो सर्वेक्षण गर्ने गरिएको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया