सेन्ट्रल फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

५ बर्ष अगाडि

काठमाडौं – सेन्ट्रल फाइनान्सको प्रस्तावित ७ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने  आज अन्तिम दिन रहेको छ ।

कम्पनीले प्रस्तावित लाभांश र साधारण सभा प्रयोजनका लागि बिहीवार बुक क्लोज गर्ने भएकाले बुधवारसम्म शेयर सुरक्षित गर्नुपर्ने भएको हो ।

कम्पनीले चैत ५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले गत वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्ती गर्ने कार्यक्रम पनि तय भएको छ ।

गत वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजी ८२ करोड ३३ लाख ९७ हजारको आधारमा ७ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया