बैंकर्सलाई अर्थमन्त्रीको प्रश्न: तपाईहरु आफै मिलेर बैंक किन मर्ज गर्नुहुन्न ?

५ बर्ष अगाडि

काठमाडौँ – अर्थमन्त्री युवराज खतिवडाले बैंकर्सहरुलाई आफै बैंक मर्ज गर्न आग्रह गरेका छन् । 

नेपाल इन्फ्रास्ष्ट्रक्चर डेभलपमेन्ट बैंकको उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । 

खतिवडाले भने, ‘फोर्स मर्जरमा जान धेरै सुझाव आएका थिए । केही सुझावपत्र अहिलेपनि मेरो ब्रिफकेसमा भेटिन्छन्’ अर्थमन्त्री खतिवडाले भने–‘निजी क्षेत्रको बैंकमा फोर्सफूली मर्जर राम्रो नहोला भनेर सरकारले त्यो बाटो लिएन ।’

२८ वटा वाणिज्य बैंक मध्ये सबैले ‘हामी धेरै भयौ, मर्ज गरिदिनुपर्यो भनेर सबैले भन्नुहुन्छ । तर, तपाईहरु आफै दुई बैंक मिलेर किन मर्ज गर्नुहुन्न ? अर्थमन्त्रीले बैंकर्सहरुलाई प्रश्न गरे ।

अर्थमन्त्रीले भने बैंक पनि निजी क्षेत्रले चलाएका छन् । उद्योगी व्यापारी पनि तपाईहरु नै हो । उद्योग वाणिज्य संघहरु व्याज घटाउन माग गर्दै आन्दोलन गर्ने, बैंकर्स संघ व्याजदर घटाउन नमान्ने । यो राम्रो भएन । व्याजदरको विषयमा सरकारी हस्तक्षेप निम्त्याउने भूमिका तपाईहरु नखेल्नुहोस् ।’

‘व्यवसायीहरु ६ प्रतिशतमा कर्जा माग गर्ने, बैंकहरु १६ प्रतिशत भन्दा कममा कर्जा दिदैनौ भन्ने दुबै सोच अतिवादी हुन् । अतिवादी कुरा नगर्नुहोस् । उद्योग बाणिज्य महासंघ र बैंकर्स संघबीच बसेर झगडा मिलाउनुहोस् । ६ र १६ अंकको बीचमा मिलन विन्दु खोज्नुहोस् अर्थमन्त्रीले भने।’

५ बर्ष अगाडि

प्रतिक्रिया