टीकापुरकाण्डको फैसलाले ओली सरकारलाई प्राप्त समर्थन घट्यो

५ बर्ष अगाडि

काठमाडौं– जिल्ला अदालत कैलालीले टीकापुर घटनामा आरोपी रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आक्रोशित बनेको छ । 
सो पार्टीको बुधबार बसेको आकस्मिक बैठकले  केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । 

राजपाले आकस्मिक बैठकपछि जारी गरेको विज्ञप्तिमा फैसलाबाट पार्टी स्तब्ध र मर्माहित भएको उल्लेख गरिएको छ । 
पार्टी अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादवले जारी गरेको विज्ञप्तिमा सरकारको एक वर्षे कार्यकाल पूर्णत असफल रहेको ठहर गर्दै सरकारलाई समर्थन दिइरहनुको औचित्य सकिएकाले आजकै मितिदेखि समर्थन फिर्ता लिने निर्णय भएको उल्लेख छ । 

बैठकले शोषण, उत्पीडन र विभेदका विरुद्ध पहिचान, अधिकार र सम्मानका लागि संघर्षरत विचार मिल्ने अधिकारवादी एवम् पहिचानवादी संगठनलाई एकता, मोर्चा एवम् सहकार्यका लागि आह्वान पनि गरेको छ । 
     

५ बर्ष अगाडि

प्रतिक्रिया