सिटिजन्स बैंकको नयाँ बचत योजना: एक सयमा खाता खोल्न सकिने, सात लाखको दुर्घटना बीमा

५ बर्ष अगाडि

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलले नयाँ बचत योजना सिटिजन्स विशेष बचत खाता सञ्चालनमा ल्याएको छ।

एक सय रुपैयाँमा खोल्न सकियो यो खाता कर्मचारीको तलवका लागि उपयोगी हुने बैंकले जनाएको छ । यसमा दैनिक मौज्दातमा सवा ६ प्रतिशत ब्याज उपलब्ध हुन्छ ।

यो बचत खाताले स्वास्थ्य र दुर्घटना मृत्यु बीमासमेत समेट्छ। एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र रु सात  लाखसम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ ।

औसत मौज्दात रकमको चार गुणासम्मको हुन आउने रकमको दाबी भुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराउने बैंकले जनाएको छ।

खाता खोल्नेले निशुल्क भिसा डेबिट कार्ड, अन्तर शाखा कारोबार एबिबिएस, आस्वा सेवा, मोबाईल बैंकिङ, अनलाइन कारोवार गर्न सुरक्षित थ्रिडी सेक्युरमा दर्ता पाउने छन्। यसबाहेक लकर, विदेशी मुद्रामा ड्राफ्ट÷स्विफ्ट जारी र अन्य सेवामा ५० प्रतिशत छुट पाउने छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया