नेप्सेमा ८ लाख १६ हजारको शेयर सुचिकृत, कहिले हुदैछ कारोबार ?

५ बर्ष अगाडि

काठमाडौं – नेप्सेमा  ८ लाख १६ हजार ३ सय ९९ कित्ता बोनस शेयर सूचिकृत भएको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार दूईओटा कम्पनीको  ८ लाख १६ हजार ३ सय ९९ कित्ता बोनस शेयर सूचिकृत भएको हो । 

सूचिकृत हुने कम्पनीमा सप्तकोशी डेभलमेन्ट बैंक लिमिटेडको १ लाख ५२ हजार ५ सय ५१ कित्ता र सेन्ट्रल फाइनान्सको ६ लाख ६३ हजार ८ सय ४६ कित्ता शेयर सूचिकृत भएको हो । 

एक्सचेन्जका अनुसार उक्त सुचिकृत भएको शेयर शेयरधनीहरुले आइतावारदेखि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया