आशा लघुवित्तको २० लाख ७४ हजार कित्ता शेयर सुचिकृत, सोमबारदेखि कारोबार हुने

५ बर्ष अगाडि

काठमाडौँ – आशा लघुवित्त संस्थाको २० लाख ७४ हजार कित्ता शेयर नेपाल स्टक एक्सचेन्जबीच खुल्ला बिक्री सम्झौता भएको छ ।

आइतबार भएको शेयर सूचीकरण सम्झौतामा स्टक एक्सचेन्नजका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र आशा लघुवित्त कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले हस्ताक्षर गरेका हुन् ।

सूचीकृत भएको शेयर सोमबारदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ । शुरुको कारोबार मूल्य (ओपन रेन्च) शेयरको रेन्च १ सय रुपैयाँ ५ पैसा देखि ३ सय रुपयौं १५ पैसा सम्ममा कारोबार हुने नेपाल स्टक एक्सचेन्नले जानकारी दिएको छ  ।

शेयर सूचीकरणबाट लघुबित्त समुह अन्तर्गत सूचीकृत कम्पनीहरुको संख्या ४१ र कुल कम्पनी संख्या २०५ हुनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया