तथ्यांक विश्लेषक रोजगारीको नयाँ अवसर, एनआइसि एशियाले सुरु गर्यो नेपालमा

५ बर्ष अगाडि

काठमाडौं – यदि तपाई धेरै आम्दानी हुने रोजगार चाहनुहुन्छ भने तपाईले आफूलाई डेटा एनालिस्टिक तथा डेटा साइन्टिस्ट बन्ने बारेमा सोच्नु जरुरी छ । पछिल्लो एक वर्षमा मात्रै यस क्षेत्रमा नोकरीको मात्रा ४५ प्रतिशतले वृद्धि भएको छ ।

एक अध्ययनले बताएअनुसार धेरै भन्दा धेरै पैसा कमाउने सजिलो र सरल उपायको रुपमा तथ्यांकलाई कसरी र कुन रुपमा तपाईले कम्प्युटमा काम गर्नुहुन्छ भन्ने कुराले निर्धारण गरेको छ ।

कम्पनीले द्रूततर रुपमा विश्लेषण गर्न सक्ने क्षमता भएका योग्य उम्मेदवारको खोजी गरिरहेको छ । तथ्यांकलाई अनलाइनमा तपाईले प्रष्टि गर्ने क्षमता र त्यसका आधारमा निर्धारण हुने नयाँ तलबले तपाईलाई छोटो समयमा नै सफल बनाउन सक्छ ।

कुशल र व्यवसायिक विश्लेषकको माग बढ्दै गएको छ । तथ्यांक विज्ञानमा मात्रै काम गर्ने कामदारको माग भारतमा मात्रै ९७ हजार बराबर रहेको छ । पछिल्लो दिनमा नेपालमा समेत त्यस्ता कर्मचारीको काग बढ्दै गएको छ । हरेक वर्ष त्यस्ता कर्मचारीको माग बढ्दै गएको छ ।

पछिल्ला केही वर्षदेखि विभिन्न सरकारी तथा निजी क्षेत्रका संस्थाले तथ्यांकलाई विश्लेषण गरेर त्यसलाई कसरी कम्पनीको हितमा प्रयोग गर्न सकिन्छ भनेर त्यस्ता योग्य कामदारको खोजी गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रोजगारदाता अनलाइनहरुकाअनुसार तथ्यांकमा आधारित निर्णय गर्ने क्षमता भएका उम्मेदवारलाई केही कम्पनीले खोजी खोजी रोजगारी दिने प्रक्रिया सुरु गरेका छन् । केही दिन पहिले मात्रै नेपालमा पनि बैंकिङ क्षेत्रमा राम्रो ज्ञान भएका र विश्लेषण गर्न सक्ने क्षमता भएका कर्मचारीको माग भएको थियो । एनआइसि एशिया बैंकले सायदै पहिलो पटक बैंकिङ क्षेत्रको तथ्यांक समेत व्श्लिेषण गरेर प्रोफाइल बनाउन स्क्ने कर्मचारीको माग गरेको थियो । सो बैंकले पत्रकारको रुपमा त्यस्ता तथ्यांक विश्लेषण गर्न सक्ने उम्ेमदवार माग गरेको छ ।

तथ्यांकमा राम्रो जानकारी राख्नेले सहजै रुपमा राम्रो कमाई गर्न सक्ने, कुनै घर वा कोठामा बसेर पनि काम गर्न सक्ने भएकाले त्यस्तो काममा आर्कषक रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया