मिनेटको मिनेटमै भुक्तानी, नेपाल क्लियरिङ्ग हाउसले ल्यायो यस्तो सुविधा

५ बर्ष अगाडि

काठमाण्डौ – नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सञ्चालन गर्दै आएको कनेक्ट आइपीएस इपेमेन्ट सिस्टममा अब सानो रकमको भुक्तानी तत्कालको तत्काल नै भुक्तानी हुने व्यवस्था मिलाएको छ ।

नेपाल क्लियरिंग हाउसले रियल टाइममै भुक्तानी हुने गरी आफ्नो प्रणालीलाई स्तरोन्नति गरेको जनाएको छ ।

अनलाइन रकमान्तर, नेपाल सरकारलाई गरिने भुक्तानी तथा अन्य सेवा प्रदायकलाई गरिने भुक्तानी पाउने तथा भुक्तानी गर्ने ग्राहकको बैंक खातामा तुरुन्त हुनेछ ।

यसअघि एकै बैंकमा गरिने भुक्तानी मात्र रियल टाइममा हुने व्यवस्था रहेकोमा यस स्तरोन्नति पछि कुनै पनि बैंक खाताबाट अनलाइन रियल टाइममा रकम ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ ।

यो प्रणालीमा भुक्तानी कारोबारहरु सिधै बैंक खाताबाट हुने हँुदा रकम ट्रान्सफरका लागि कुनै मध्यस्तकर्ताको आवश्यकता नपर्ने बताइएको छ ।

कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीमार्फत बैंकका ग्राहकले अनलाइन, मोवाइल अथवा पेमेन्ट प्रोसेसर(गेटवे) मार्फत् आफ्नो कारोबार गर्न सक्छन् ।

हाल ४४ बैंक तथा वित्तीय संस्थाहरुका ग्राहकले यसको सुविधा लिने व्यवस्था रहेको छ । यसमा उपलब्ध सेवाहरुमा अनलाईन फण्ड ट्रान्सफर, नेपाल सरकारलाई गरिने भुक्तानी(एफसीजीओ, लोकसेवा, आन्तरिक राजस्व), सेयर ब्रोकर भुक्तानी, डिम्याट शुल्क, डिपी शुल्क, क्रेडिट कार्ड भुक्तानी, मोबाइल वालेट लोडरअनलोड तथा अन्य क्रेडिट र भुक्तानीहरु गर्ने व्यवस्था रहेका छन् । यसमा अनलाइनबाट गरिने र मोबाइलबाट गरिने कारोबार सीमा क्रमश १ लाख र ५ हजार रहेका छन् ।

नेपाल राष्ट्र बैंक तथा सम्पूर्ण बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित यस नेपालक्लियरिङ्ग हाउसले इसीसी, आइपीएस र कनेक्ट आइपीएस इपेमेन्ट जस्ता राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ, जसको दैनिक औसत सेटलमेन्ट कारोबार नै रु. ३५ अर्ब रहेको बताइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया