नायिका प्रियंकालाई श्रीमान्काे घरमा दुरव्यवहार

५ बर्ष अगाडि


फागुन – बलिउडमा देसी गर्लको नामले चर्चामा रहेकी प्रियंका चोपडाको चर्चा हलिउड गायक निक जोनससँगको बिबाह पछि थल चुलिएको हो । २०१८ को अन्त्यमा चोपडा र जोनसले बिहे गरेका हुन् । यो शाही बिहेको चर्चा संसारभर भएको थियो अहिले पनि बिबाहबारे चर्चा भइरहेको हुन्छ ।

 अहिले यी दुईको बिहे भएको ३ महिना भइसकेको छ । बिहेको तीन महिनापछि यस्तो खुलासा भएको छ कि जुन कुरा सुन्दा मानिसहरु आश्चर्यचकित भएका छन् । अहिले आएर प्रियंका बिहे गरेर निकको घरमा भित्रिएपछि उनीमाथि  दुरव्यवहार भएको खुलासा भएको हो । निकको परिवारकी एक सदस्यले सुरुवाती दिनमा प्रियंकामाथि दुव्र्यवहार गरेको खुल्न आएको छ । यो कुराको खुलासा स्वयं जोनस दाजुभाइले एक अन्तरवार्ताको क्रममा गरेका छन् ।

अन्तरवार्ताको क्रममा निकका दाजु केभिन जोनसले बताए कि उनकी छोरी भ्यालेन्टिनाले सुरुमा प्रियंका कत्ति पनि मन पदैन्थ्यो । भ्यालेन्टिना निकको निकै नजिक छिन् र उनको धेरै ख्याल गर्छिन् । यस्तोमा प्रियंका आफूभन्दा धेरै नजिक भएको देखेपछि उनले पटक पटक प्रियंकासँग  दुरव्यवहार  गर्ने गरेकी थिइन् ।

यतिसम्म कि प्रियंकाले निकको काँधमा हात राख्दा पनि भ्यालेन्टिना रिसाउँथिन् । पछि भने उनले बुझ्न थालिन् कि प्रियंका पनि परिवारकै सदस्य हुन् । परिवारका सदस्यहरुले सम्झाए पछि अहिले भने उनी प्रियंकासँग सहज भएकी छिन् । एजेन्सी

५ बर्ष अगाडि

प्रतिक्रिया