३ अर्ब निक्षेप राख्ने बैंकको खोजी सुरु

५ बर्ष अगाडि

काठमाडौं – नेपाल दुर सञ्चार प्राधिकरणले ३ अर्ब रुपैंयाँ निक्षेप राख्ने बैैंक तथा वित्तिय संस्थाको खोजी सुरु गरेको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार  प्राधिकरणले रोयल्टी, नविकरण दस्तुर लगायतका श्रोतबाट प्राप्त भएको ३ अर्ब रुपैंयाँ एक बर्षका लागि मुद्धति निक्षेपमा राख्न लागिएको हो ।

बाणिज्य बैंकहरुले आफुले लिन चाहेको रकम र प्रस्तावसहित चैत ५ गतेभित्र प्राधिकरणमा आवेदन दिनुपर्दछ । बाणिज्य बैंकहरुले न्युनतम २० करोड रुपैंयाका लागि आवेदन दिन सक्नेछन् । अधिकतम ब्याजदर प्रस्ताव गर्ने बैंकलाई निक्षेप दिइनेछ । बैंकले पुस मसान्तको अपरिस्कृत वित्तिय विवरणमा समावेश भएका ६ वटा परिसूचक उल्लेख गरेर आवेदन दिनुपर्दछ ।

आवेदन दिदा क्यापिटल एडेक्वेसी रेसिया, खराब कर्जा अनुपात, सिसिडी रेसियो, एसएलआर, नेट लिक्वीडीटी रेसिया(एनएलआर) र प्रति सेयर नेटवर्थ उल्लेख गर्नुपर्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया