तीन अर्ब मुद्दती निक्षेप राख्ने बैंक खोज्दै दूर सञ्चार प्राधिकरण

५ बर्ष अगाडि

काठमाडौं – नेपाल दूर सञ्चार प्राधिकरणले ३ अर्ब रुपैयाँ निक्षेपमा राख्ने बैंक तथा वित्तीय संस्थाको खोजी सुरु गरेको छ ।

प्राधिकरणले आज एक सूचना मार्फत क वर्गका वाणिज्य बैंकलाई प्रस्ताव पेश गर्न आग्रह गरेको छ । त्यसरी लिएको निक्षेप बैंकले एक वर्षसम्म चलाउन पाउनेछन् ।

प्राधिकरणले रोयल्टी, नविकरण दस्तुर लगायतका श्रोतबाट प्राप्त भएको ३ अर्ब रुपैंयाँ एक बर्षका लागि मुद्दति निक्षेपमा राख्न लागेको जनाएको छ ।

बाणिज्य बैंकहरुले आफुले लिन चाहेको रकम र प्रस्तावसहित आगामी चैत ५ गतेभित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको जनाएको छ ।

वाणिज्य बैंकले न्युनतम २० करोड रुपैंयाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

बैंकले अधिकतम ब्याजदर प्रस्ताव गर्ने बैंकलाई निक्षेप दिने जनाएको छ ।

 बैंकले पुस मसान्तको अपरिस्कृत वित्तिय विवरणमा समावेश भएका ६ वटा परिसूचक उल्लेख गरेर आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । त्यसमा  क्यापिटल एडेक्वेसी रेसियो, खराब कर्जा अनुपात, सिसिडी रेसियो, एसएलआर, नेट लिक्वीडीटी रेसियो(एनएलआर) र प्रति सेयर नेटवर्थ उल्लेख गनुपर्ने छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया