शेयर बजार र बण्डमा लगानी गर्नुस् त्यसले दिनेछ बढी फाइदा

५ बर्ष अगाडि

काठमाडौं – जीवनमा सफल हुन र धेरै पैसा कमाउन के गर्नुपर्ला ? धेरैको यस्तै चासो हुन्छ । सामान्य मान्छे देखि असाध्यै ठूला धनी मान्छेहरु समेत बढी भन्दा बढी कसरी कमाउन सकिन्छ भन्ने ध्याउन्नमा लागेका हुन्छन् ।

सामान्य मान्छे देखि ठूला धनी मान्छेले समेत लगातार आफ्नो सम्पत्ति बढाउन चाहन्छन् । उनीरुले हरेक दिन यह िविषयलाई पछ्याइरहेका हुन्छन । एक विवरण अनुसार भारतका सबैभन्दा धनीले समेत आफ्नो खर्च घर जग्गाको कारोवार  तथा सुनको तुलनामा शेयर बजार तथा बन्ड मार्केटमा लगानी गर्ने गरेका छन् । उक्त विवरणमा बताइएअनुसार अन्य सामान्य क्षेत्रमा लगानी गर्नु भन्दा शेयर बजार वा बन्ड मार्केटमा लगानी गर्नेको बढी कमाइ हुने गरेको छ ।

विवरणअनुसार त्यस्तो क्षेत्रमा लगानी गर्नेको कमाइ ३ करोड डलर बढी हुने गरेको छ ।

नाइट फ्रेंकको सम्पत्ति विवरणअनुसार २०१९ मा भारतका धनीले ३० प्रतिशत पैसा सेयर बजारमा, २८ प्रतिशत बन्डमा र २४ प्रतिशत रकम घर जग्गाको कारोवारमा लगाइएको पाइएको छ । सूनमा भने ४ प्रतिशत मात्रै लगानी हुने गरेको छ ।

सन् २०१८ मा भारतका धनीहरुले सेयर बजार तथा बन्ड मार्केटमा बढी भन्दा बढी लगानी गरेको पाइएको छ । सबैभन्दा बढी प्रतिफल दिने क्षेत्रमा लगानी भएको खण्डमा मात्रै बढी मात्रामा नाफा र बढी पैसा कमाउन सकिन्छ भन्ने देखाएको छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया