'नेपालको पानी जनताको लगानी'को पहिलो शेयर बिक्री हुँदै

५ बर्ष अगाडि

काठमाडौँ – नेपालको पानी जनताको लगानी अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीले ३७ लाख ५ हजार रुपैयाँको अग्रिम शेयर निष्काशन गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री केपीशर्मा ओलीले चैत्र ४ गते शेयर खरिद घोषणा भएको यो कम्पनीले सार्वजनिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । शेयर निष्काशनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ । 

कम्पनीले नुवाकोट तथा रसुवा जिल्लामा रहेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्रि वि हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ । यो आयोजनाले दोस्रो पटक सार्वजनिक शेयर निष्काशन नहुँदासम्म अग्रिम रुपमा गरिएको लगानीको प्रचलित व्याज रकम बराबरको बोनस शेयर दिनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया