नताशासँग लगनगाँठो कस्दै नायक बरुण धवन

५ बर्ष अगाडि

काठमाडौँ – बलिउड अभिनेता वरुण धवनले प्रेमिका नताशा दलालका साथ यसै वर्षको अन्त्यमा विवाह गर्ने भएका छन् । यतिबेला अभिनेता वरुण धवन फिल्म ‘कलंक’ का कारण व्यस्त छन् । यही अप्रिल १७ मा फिल्म ‘कलंक’ रिलिज भएपछाडि वरुण धावन विवाहको तयारीमा लाग्ने बताइएको छ ।

वरुण धवन र नताशा दलालले आफ्नो विवाहका लागि स्थान पनि तय गरिसकेका छन् । वरुण र नताशा अभिनेता रणवीर सिंह र दीपिका पादुकोणले जस्तै गरी डेस्टिनेशन वेडिङ गर्न खोजिरहेका छन् । वरुण र नताशाले विवाहका लागि समुन्द्रले घेरिएको सुन्दर देश माल्दिभ्सलाई रोजेका छन् ।

अभिनेता वरुण धवन उनकी प्रेमिका नताशा दलाललाई लामो समयदेखि डेट गरिरहेका छन् । अधिकांश समय नताशा र वरुण एकसाथ समय बिताइरहेका तस्बिरहरु मिडिया तथा सामाजिक सञ्जालमा छाइरहेका हुन्छन् । यी दुवैका परिवारले पनि यस सम्बन्धलाई स्वीकार गरिसकेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया