यस्ता दानी व्यवसायी,जसले शिक्षाका लागि ५२७५० करोड चन्दा दिए

५ बर्ष अगाडि

 

काठमाडौं – नेपालमा पैसा मात्रै कमाउने, सामािजक सेवाका कुने पनि रकम खर्च नगर्ने प्रवृत्ति हावी रहेको  छ । तर समाजिक कार्यमा पैसा कमाउनेले खर्च नै गर्नु पर्छ भन्ने चाही उसको व्यक्तिगत विषय पनि हो ।

तर धेरै पैसा कमाउनेले खर्च गर्न सक्छ र सामाजिक सेवामा पनि लाग्न सक्छ भन्ने विषय भने आम हो । धेरैले भन्छन् पैसा हुनेले न सामाजिक काम समेत गर्न सक्छ । नेपालमा भने आफै कमाउने र आफै राख्ने प्रवृत्ति अलि बढी छ ।

तर भारतका एक व्यवसायीले भने ५२७५० करोड  भारतीय रुपैयाँ बराबरको सेयर सामाजिक कामका लागि खर्च गर्ने घोषणा गरेका छन् । हालसम्म उनले १ लाख ४५ हजार करोड भारतीय रुपैयाँ बराबरको  रकम दिइसकेका छन् । सामाजिक कामका लागि उनले दिएको यो रकम असाध्यै धेरै हो ।

विप्रो कम्पनीका अध्यक्ष अजीम पे्रमजीले आफ्नो शेयर होल्डिङ कम्पनीको ३४ प्रतिशत बराबरको रकम परोपकारका लागि दिएका छन् । अजीमले पे्रमजी फाण्डेशनको नाममा परोपकारको काम गर्दै आएका छन् ।

पे्रमजी भारतको सबैभन्दा ठूला मध्ये तेस्रो स्थानमा रहेको आइटी कम्पनीको अध्यक्ष हुन् । सन् २०१८ को डिसेम्बरसम्ममा उनको प्रमोटर समूहको हिस्सेदारी ७४.३ प्रतिशत रहेको थियो । अजीम प्रेमजी फाण्डेशनको विगत ५ वर्षदेखि १५० एनजिओलाई फण्ड दिएका छन् ।

उनको संस्थाले विशेष गरी शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । सरकारी विद्यालयलाई सबैभन्दा राम्रो संस्थाको रुपमा अगाडि बढाउने र सदाचार युक्त नागरिक तयार पार्ने उनको लक्ष्य रहेको छ । उनले कर्नाटक, उत्तराखण्ड, राजस्थान, छत्तीसगढ, पुडेचरी, तेलंगना , मध्य प्रदेश र उत्तरपूर्वी राज्यमा लगानी गरेको छ । विगत ५ वर्षदेखि उनको परोपकार जारी छ । हाल १ हजार ६०० कार्यकर्ताले स्थलगत रुपमा काम गरिरहेका छन् ।

प्रेमजी फाण्डेशनले बेलगुरुमा अजीम विश्वविद्यालय समेत चलाएका छन् । चाँडै नै सो विश्वविद्यालयबाट ५ हजार विद्यार्थी र ४०० शिक्षकलाई क्षमताबान बनाउने लक्ष्य राखिएको छ । उनले उत्तर भारतमा समेत अर्को विश्वविद्यालय खोल्ने तयारी गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया