खुट्टा तथा मोजा गन्हाउने समस्याले हैरान हुनुहुन्छ? अपनाउनुहोस् यस्ता उपाय

५ बर्ष अगाडि

जाडोको तुलानामा गर्मीको समयमा खुट्टाबाट पसिना धेरै निस्कन्छ । यसले गर्दा धेरै मानिसहरुमा मोजा गन्हाउने समस्या हुन्छ । तर, कसै–कसैको भने जाडोमा पनि उत्तिकै पसिना आउँछ र मोजा गन्हाउने गर्दछ ।

मोजा गनाउने समस्याको कारण मानिसहरुलाई कुनै नयाँ ठाउँमा जुत्ता खोलेर जान पनि निकै समस्या हुन्छ । खुट्टाको सरसफाइमा ध्यान नदिँदा पनि मानिसहरुको मोजा गनाउने गर्छ । केहिमा खुट्टा राम्रोसँग सफा गर्दा पनि यस समस्या नहट्ने गर्छ ।

यस समस्याबाट मुक्त हुनका लागि खुट्टा सफा गर्दा व्याक्टेरिया मार्ने साबुन प्रयोग गर्नुपर्छ । विशेषगरी औँलाको कापलाई राम्रोसँग धुनुपर्छ । खुट्टा तथा औँलाका कापलाई सुख्खा राख्नुपर्छ ।

यदि औंलाका कापलाई राम्रोसँग सफा नगर्ने हो भने त्यहीबाट किटाणु पैदा हुन्छन् । र, मोजा गन्हाउँछ ।

यस्ता छन् यसबाट मुक्त हुने अन्य उपायहरु–
. जुत्ता लगाउनुभन्दा पहिला मोजामा पसिना रोक्ने औषधी राख्नुहोस् । खुट्टा गन्हाउने मुख्य कारण भनेको पसिना बढी आएर हो । यसकारण मोजा लगाउनुअघि पसिना अनाउने औषधीलाई मोजामा राख्नुहोस् जसले गर्दा पसिना आउँदैन् ।

२. खुट्टामा लगाउने विभिन्न पाउडर बजारमा किन्न पाइन्छ । यदि खुट्टा गन्हाएर हैरान हुनुभएको छ भने यस्तो पाउडर किनेर लगाउन सक्नुहुन्छ । यस्ता पाउडरले पसिनालाई सोस्दछन् र गन्धलाई कम गर्दछन् ।

३. भिनेगर (एक प्रकारको अमिलो) मिसाएको पानीमा १५ मिनेट खुट्टा डुबाएर राख्ने हो भने पसिना निकै कम आउँछ । यस्तो पानीले गन्ध कम गराउनुका साथै व्याक्टेरिया पैदा हुन पनि दिँदैन ।

४. बाहिर निस्कँदा सकेसम्म जुत्ता नलगाउनुहोस् । जुत्ताको सट्टा चप्पल लगाउनु भयो भने तपाईको खुट्टामा पसिना जम्मा हुन पाउँदैन । साथै चप्पल लगाउँदा पसिना पनि कम आउने गर्दछ ।

. मोजा तथा खुट्टा गन्हाउने एउटा कारण भनेको सधैं एउटै मोजा लगाउनु हो । यो समस्याबाट मुक्त हुनका लागि मोजालाई फेरिराख्नु पर्दछ । यदि सक्नुहुन्छ भने पसिनाले मोजा भिज्नासाथ खुट्टा धुनुहोस् र अर्को फेर्नुहोस् । यदि खुट्टा धुने ठाउँ नभएको ठाउँमा जानुभएको छ भने पसिना पुछ्ने पेपर लिएर जानुहोस् र आफ्नो पसिना पुछ्नुहोस् ।

. बजारमा पाइने ल्याभेण्डर (एकप्रकारको सुगन्धित फूल)को तेल प्रयोग गरेर पनि खुट्टा तथा मोजा गन्हाउने समस्याबाट मुक्त हुन सकिन्छ । ल्याभेण्डरमा किटाणु मार्ने तत्व रहेका हुन्छ । यस कारण आधा लिटर तातो पानीमा ३ थोपा ल्याभेण्डरको तेल राख्नुहोस् र १५–२० मिनेट त्यो पानीमा आफ्नो खुट्टा डुबाउनुहोस् ।

५ बर्ष अगाडि

प्रतिक्रिया