घरेलु उद्योगमा विदेशी लगानी भित्र्याउने अडानबाट पछि हट्यो सरकार

५ बर्ष अगाडि

काठमाडौँ – घरेलु तथा साना उद्योगमा विदेशी लगानी भित्र्याउने अडानबाट सरकार पछि हटेको छ । 

नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्श लगायतका निजी क्षेत्रका प्रतिनिधी मुलक संस्थाहरुको विरोधपछि सरकार पछि हटेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले घरेलु तथा साना उद्योगमा लगानी भित्रिन नदिने स्पष्ट पारे । मौलिक प्रकृतिका र आत्मनिर्भरताको बाटोमा रहेका घरेलु उद्योगमा विदेशी लगानी भित्र्याउन लागिएको भन्दै सांसदहरुले प्रश्न गरेपछि मन्त्री खतिवडाले सरकारको धारणा राखेका हुन् ।

उनले निश्चित सिमा भन्दा साना विदेशी लगानी स्वीकार नगर्ने व्यवस्था ऐनमा प्रस्ताव गरिएकाले घरेलु उद्योगमा विदेशी लगानी आउने सम्भावनै नरहेको स्पष्ट पारे । खतिवोडाले घरेलु प्रकृतिका लाग्ने केहि उद्योगमा विदेशी लगानी आवश्यक देखिएकाले ऐनमा त्यस्तो प्रस्ताव गरिएको उनले स्पष्ट पारे ।  उनले घरेलु उद्योगमा खुद्रा विदेशी लगानी पनि नलिने  बताए ।

यसअघि सरकारले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनको विधेयकमा घरेलु उद्योगमा समेत विदेशी लगानी भित्र्याउन सकिने व्यवस्था अघि सारेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया