सिरिया द्वन्द्वको आठ बर्ष: तीन लाख ७० हजार व्यक्ति मारिए

५ बर्ष अगाडि

बेरुत – सिरियामा आठ वर्षयता जारी युद्धको क्रममा तीन लाख ७० हजार व्यक्तिको मृत्यु भएको सिरियाली अधिकारीले जनाएका छन् । 

मारिएका ती व्यक्तिहरुमा एक लाख १२ हजार सर्वसाधारणसहित तीन लाख ७० हजारको मृत्यु भएको अधिकारवादी समूहले शुक्रबार जानकारी दिएको छ । 

बेलायतसँग आवद्ध मानव अधिकार समूह ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’का अनुसार युद्धका क्रममा २१ हजार बालबालिका र १३ हजार महिला मारिएका जानकारी छ । 

सिरियामा सन् २०११ को १५ मार्चबाट सिरियाली सरकारको विरोध गर्दैे दक्षिण शहर दाराबाट शुरु भएका प्रर्दशन देशभरी फैलिएको र आठ बर्षसम्ममा लाखौँ मानिसको मृत्यु भएको र सिरियाको जनसङ्ख्याको झण्डै आधा भाग आन्तरिक तथा बाह्यरूपमा विस्थापित बनेका राष्ट्रसङ्घको तथ्याङ्क छ । 

यस आन्दोलनका कारण लाखौंको सङ्ख्यामा नागरिक तथा सैन्य लडाकूहरू घाइते भएका छन् । 

सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया