महाभारतमा कौरवले गरेको गल्ती सरकारले नगरोस् – अध्यक्ष थापा

५ बर्ष अगाडि

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राजपा) नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले आफुहरु सधै सत्य, धर्म र राष्ट्रप्रेमको बाटोमा भएको बताएका छन् । 

भृकुटीमण्डपमा आयोजित समापन समारोहलाई सम्बोधन गर्दे थापाले महाभारतामा पनि सत्य,धर्म राष्ट्रप्रेमको जित भएको भन्दै आफुहरु त्यहि बाटोमा रहेको बताए । उनले महाभारतमा कौरवले पाच पाण्डवको एउटा माग पुरा नगर्दा महाभारतको युद्ध भएको भन्दै सरकारलाई पनि त्यहि गल्ती नर्गन आग्रह गरे । 

थापाले अब केन्द्र र स्थानिय सरकारलाई बलियो बनाउनु पर्ने बताए ।  केन्द्र र स्थानिय सरकारलाई बलियो बनाऔँ र बिचको सरकारलाई हटाऔ थापाले भने ।  

राष्ट्रिय प्रजातन्त्र पार्टी (राजपा)को मेची महाकाली स्वाभिमान यात्रा आज काठमाडौंमा आएर अन्तिममा राष्ट्रिय गीतमा नित्य प्रदर्शन गरेसगै समापन भएको थियो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया