विप्लवसँग ‘सरकारले वार्ता गरेर समाधान खोज्नुपर्छ’ : शेखर कोइराला

५ बर्ष अगाडि

विराटनगर – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेत्रबिक्रम चन्द' विप्लव' नेतृत्वको नेकपासँग सरकारले वार्ता गरेर समस्याको समाधान खोज्नुपर्ने बताउनुभएको छ । 

नेपाल टेलिकम वर्कर्स युनियन क्षेत्रीय समिति विराटनगरको १२औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले विगतमा मुलुकले हत्या र हिंसाबाट धेरै जनधनको क्षति व्यहोरेकाले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

उहाँले राष्ट्रिय विखण्डनको धार बोकेको सिके राउतसँग गरेको सम्झौताअनुसार राष्ट्र विखण्डनको नारा त्याग गरेको कुरा सार्वजनिक रुपमा आउनुपर्ने भन्दै न्यायालय र सरकारबीचको तालमेल मिल्नुपर्ने बताउनुभयो । 

मुलुकमा अराजकता बढ्न नदिन र विदेशी लगानी भित्र्याउन सरकारले भरपूर प्रयास गर्नुपर्ने उल्लेख गर्दै नेता कोइरालाले मुलुकमा बेथिति बढ्न नदिन सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभयो । शनिबारसम्म चल्ने अधिवेशनमा २३५ प्रतिनिधिको सहभागिता छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया