अष्ट्रेलियाका हजारौ विद्यार्थीद्वारा विद्यालय बाहिर प्रदर्शन

५ बर्ष अगाडि

क्यानबेरा– अष्ट्रेलियाका हजारौ विद्यार्थीहरुले शुक्रबार विद्यालय बाहिर प्रदर्शन गरेका छन् । 

जलबायु परिवर्तनसम्वन्धी समस्या न्यूनिकरणका लागि तत्काल केही काम गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेको जनाइएको छ । 

देशभरी झण्डै ५० ठाउँमा विद्यार्थीहरुले बृहत ¥याली निकालेर वातावरण संरक्षणको पक्षमा प्रदर्शन गरेको अधिकारीहरुले जनाएका छन् । 

जलवायु प्रदुषणको विषयमा ध्यानाकर्षण गराउदै विद्यार्थीहरुले प्रदर्शन गरेको सन् २०१८ नोभेम्बर पछिको यो दोस्रो पटक भएको अष्ट्रेलियन ब्रोडकास्टीङ कर्पोरेसनले जनाएको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया