४२ लाख करोड भारु बराबरको अर्डर संकटमा परेपछि...

५ बर्ष अगाडि

काठमाडौं – इथोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स विमान दुर्घटनामा परेपछि बोइङको दुःखका दिन सुरु भएका छन् । सो कम्पनीको विश्वसनियता माथि पनि संकट परेको छ । संसारभरका विमान कम्पनीले सो कम्पनीको विमान खरीद गर्नका लागि दिएको अडैर समेत दोस्रो पटक विचार गरिरहेका छन् । कुनै कम्पनीले त बोइङको विमान खरीद नै नगर्ने निष्कर्षमा समेत पुगेका छन् ।

विमान कम्पनीको नै विश्वसनियतामा प्रश्न उठेपछि खरीदका लागि दिइएको अर्डर समेत रोकेका छन् । उनीहरले अब अन्य कम्पनीको जहाज ल्याउने तयारी गरेका छन् । जानकारहरुका अनुसार पछिल्लो पटक ४२ लाख करोड भारतीय मुद्रा बराबरको अर्डर माथि धारिलो तरबार झुन्डिएको छ । उक्त मोटो रकम बराबरको अर्डर माथि नै संकट परेको छ । बोइङले हालसम्म कुन कारणले विमान दुर्घटनामा परेको हो भन्ने बारेमा केही बताएको छैन । पछिल्लो दिनमा इथोपियन एयरलाइन्सको बोइङ ७३७  म्याक्स विमान दुर्घटनामा परेको थियो । गत अक्टाबेरमा समेत सोही कम्पनीको अर्को विमान दुर्घटनामा परेको थियो ।

पछिल्लो महिनामा बोइङ म्याक्स को अर्डरमा दुईगुणाको बढोत्तरी भएको थियो । पछिल्लो दुर्घटनाका कारण ती अर्डरहरु समस्यामा परेका छन् । जसबाट प्रत्यक्ष रुपमा बोङलाई  २५ अर्ब डलर बराबरको घाटा लाग्ने देखिएको छ ।

केन्या एयरबेजले म्याक्स खरीद गर्ने प्रस्तावमा विचार गरिरहेको छ । अब सो एयरलाइन्सले प्रतिद्वन्द्वी कम्पनी एयरबसको ए ३२० विमान खरीद गर्न सक्नेछ । रुसको उतेयर एभियस पीजेएससीले ३० विमानको डेलीभरी लिनका लागि पहिले कम्पनीको यगारेन्टी माग गरेको छ ।

ब्लूमवर्गका अनुसार इन्डोनेसियाको लाइन एयर फम्र्सको विमान कम्पनीले २२ अर्ब डलर बराबरको बोइङ अर्डर गरेको थियो । तर उत्तः अर्डर खारेज गरी एयरबसको जेट खरीद गर्ने निर्णय गरेको छ ।

यस्तै निर्णय गरुड एयरले समेत गरेको छ । साउदी अरबको एयरलाइन्सको समेत बोइङ खरीदका लागि ५.९ दिएको अर्डर समेत खारेज गरिदिएको छ । बोइङ ७३७ एभिउसन उद्योगको सबैभन्दा बढी बिक्ने मोडल हो । सोही कम्पनीको  उक्त मोडलको विमानमा सर्वाधिक कमाई समेत हुने गरेको थियो । सो विमान पहिलो पटक १९६० देखि सञ्चालनमा आएको थियो । उक्त विमानको ४२ लाख करोड भारतीय रुपैयाँ बराबरको ५ हजार बढी विमानको अर्डर मिलेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया