अर्थतन्त्र सुध्रिएकै हो त, यसो भन्छ राष्ट्र बैंकको विवरण

५ बर्ष अगाडि

काठमाडौं – निरन्तर घटिरहेको बिदेशी मुद्राको सञ्चितीमा सुधार देखिएको छ । राष्ट्र बैंकले माघसम्मको तथ्यांक सार्बजनिक गर्दै विदेशी मुद्रा सञ्चिती बढेको जनाएको छ ।

अर्थतन्त्रका आन्तरिक सुचकहरु सवल हुँदै गएपनि बाह्य सुचक कमजोर देखिँदा अर्थतन्त्र संकटमा त जान लागेको होइन? भन्ने प्रश्नहरु उठ्न थालेका बेला राष्ट्र बैंकले शोधनान्तर घाटामा पनि कमी आएको जनाएको छ । ८५ अर्ब ३२ करोड रुपैयाँसम्म पुगेको यस्तो घाटा ४९ अर्ब ३२ करोडमा झरेको छ ।

बाह्य क्षेत्रमा सुधार आउनुको मूख्य कारण सरकारको वैदेशिक ऋण आप्रवाह बढेको छ । पुस मसान्तयसम्म सरकारले ३३ अर्ब रुपैयाँ ऋण पाएकोमा माघमा एकै पटक १५ अर्बले बढेर ४८ अर्ब रुपैयाँ पुगेको छ ।

गत आर्थिक बर्षको अन्तिम अर्थात असार मसान्तसम्मको तुलनामा भने विदेशी मुद्राको मौज्दात कम नै देखिन्छ । असारमा अमेरिकी डलर १० अर्ब ८० करोड विदेशी मुद्रा सञ्चिती थियो भने अहिले घटेर ९ अर्ब ४९ करोडमा आएको छ । तर बीचमा घटेर ९ अर्ब २९ करोड डलरसम्म आएको थियो । त्यसयता भने सुधार देखिन थालेको हो ।

पुससम्मको तथ्यांकमा बाह्य अवस्था नियन्त्रणबाहिर जान थालेको देखिएको थियो। माघ लागेपछि आयातलगायतमा सुधार आएको देखिएको छ । पेट्रोलियम पदार्थको आयात बृद्धि दर पुससम्म ५० प्रतिशत हाराहारी थियो, माघमा बृद्धि दर ४० प्रतिशतमा आएको छ ।

सवारी साधनको आयात बृद्धि दर पनि ४ प्रतिशतबाट घटेर १ प्रतिशतमा आएको छ । सिमेन्टको आयात बृद्धि दर पनि घटेको छ । यहीबेला विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्सको बृद्धि दर भने बढिरहेको छ । साढे १८ प्रतिशतले बढेर माघसम्म ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया