विवाहअघि नै गर्भवती भएका थिए यी बलिउड अभिनेत्री

५ बर्ष अगाडि

बलिउड सेलिब्रेटीका लागि प्रेम, रोमान्स र विवाह सामान्य मानिन्छ। कयौं पटक रोमान्सले सीमा पार गरेपछि अभिनेत्रीहरु विवाहपूर्व नै गर्भवती समेत बन्न पुग्छन्। विवाहको बारेमा सोच्दासोच्दै गर्भवती भएका अभिनेत्री थुप्रै छन् बलिउडमा।

श्रीदेवी: बोनी कपुरले श्रीदेवीको मन त्यतिबेला जितेका थिए, जतिबेला श्रीदेवी आफ्नी बिरामी आमाको उपचार अमेरिकामा गराउँदै थिइन्। त्यसबेला बोनीले श्रीदेवीलाई खुब सहयोग गरे। सन् १९९६ मा अचानक श्रीदेवीले बोनीसँग विवाह गरेर सबैलाई आश्चर्यचकित बनाइदिइन्। श्रीदेवी विवाहअघि नै गर्भवती भइसकेकी थिइन्। त्यसै कारण उनले बोनीसँग विवाह गर्न ढिला गरिनन्।

सेलिना जेट्ली: अभिनेत्री सेलिना जेट्लीले प्रेमी पिटरसँग तुरुन्त विवाह गरिन् र केही महिनामै जुम्ल्याहा बच्चालाई जन्म दिइन्। कारण, उनी विवाह पूर्व नै गर्भवती भएकी थिइन्।

महिमा चौधरी: सुवास घईको फिल्म परदेशबाट करिअर सुरु गरेकी महिमाले २००६ मा अचानक बबि मुखर्जीसँग विवाह गरिन्। सो समयमा उनको हातमा केही फिल्म पनि थिए। उनले बबिसँग हतारमा विवाह यसकारण गरेकी थिइन्, उनी विवाहपूर्व नै गर्भवती भइसकेकी थिइन्। विवाहको केही महिनामै उनले छोरी जन्माइन्।

अमृता अरोरा: मलाइका अरोराकी बहिनी अमृता अरोराको विजनेसम्यान शकीलसँग रोमान्स चलेको थियो। उनले एक्कासि विवाह गरिन्। उनी प्रेम जीवनमै गर्भवती भएकी थिइन्। विवाह गर्नेबित्तिकै अमृताले भनेकी थिइन्, ‘म आमा बन्दैछु।’

सारिका: फिल्म राजतिलकको सुटिङको समयमा कमल हसन र सारिकाबीच प्रेम सम्बन्ध सुरु भयो। अचानक दुवैले विवाह गरे। पछि थाहा भयो, सारिका विवाहभन्दा पहिले नै गर्भवती थिइन्।

नीना गुप्ता: नीनाले आफू विवाहअघि नै गर्भवती भएको सार्वजनिक गरेर सबैलाई अचम्मित बनाइदिइन्। उनले आफ्नो बच्चाको बाबुको नाम पनि बताइन्। साहसिक फैसला गरेर उनले बच्चालाई जन्म दिइन्। नीनाको बच्चाको बाबु क्रिकेटर विवियन रिचर्डस् थिए।

कोंकण सेन शर्मा: कोंकण र रणवीर शौरी लामो समयसम्म डेटिङमा थिए। तर सन् २०१० मा हतार–हतार उनीहरुले एक निजी समारोहमा विवाह गरे। २०११ को सुरुवातमै कोंकणले छोरा जन्मिएको खबर सार्वजनिक गरिन्।

अनुष्का शंकर: सितारवादक अनुष्का शंकरले एक पटक अन्तर्वार्ताका क्रममा भनेकी थिइन्, ‘बच्चा जन्माउन विवाह गर्नु जरुरी छैन।’ ब्रिटिस फिल्मकार जो राइटसँगको डेटिङका क्रममा उनी गर्भवती भइन् र अर्को महिना नै विवाहको घोषणा गरिन्। उनले सन् २०१० मा राइटसँग विवाह गरिन्।
–एजेन्सी

५ बर्ष अगाडि

प्रतिक्रिया