'चौकिदार नरेन्द्र मोदी'

५ बर्ष अगाडि

भारत – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा आफ्नो नाम अघि ‘चौकिदार’ थपेका छन् । उनको यो कदमलाई भाजपाका वरिष्ठ नेताहरुले समर्थन गरेका छन् । 

आइतबार बिहानसम्म भाजपा अध्यक्ष अमित शाह, रेल मन्त्री पीयूष गोयल, स्वास्थ मन्त्री जेपी नड्डा र कयैन अन्य सत्तारुढ नेताहरुले आफ्नो नाम अघि चौकिदार राखेका छन् । 

नाम बदलेका मन्त्रीहरुले ट्वीट गरेर आफ्नो लक्ष्यबारेमा जानकारी दिएका छन् ।  उनीहरुले ‘म पनि चौकिदार’ र ‘फेरी पनि चौकिदार’ ह्यासट्याग जोडेर पोस्ट गरिरहेका छन् । 

मार्च १५ मा मोदीले आफ्नो ट्वीटर एकाउण्टमा एक भिडियो जारी गरेर ‘म पनि चौकिदार’ अभियान सुरु गरेका थिए ।  भिडियोमा मोदी सरकारले गरेको राम्रा कामहरु  उज्यालो योजना, भ्रष्टाचारमाथि नियन्त्रण, राजमार्ग निर्माण र देशको सुरक्षा बलियो बनाएको कुराहरुको उल्लेख थियो । 

भिडियोमा मोदीले भ्रष्टाचार विरुद्ध लडिरहेको हरेक व्यक्ति चौकिदार रहेको बताउदै गरेको देखिन्छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया