वर्ल्ड रेकर्डका लागि १ सय १३ जनासँग अँगालो

५ बर्ष अगाडि

काठमाडौं – गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन मानिसले विभिन्न क्रियाकलाप गर्दै आएका छन् । यस्तैमा काठमाडौंको तारकेश्वर नगरपालिकाका एक १४ बर्षिय किशोर समिट तिमिल्सिनाले रेकर्डका लागि एक मिनेटमा १ सय बढी व्यक्तिसँग अंगालो मारेका छन् । 

उनले आइतबार काठमाडौंको तारकेश्वर नगरपालिकामा रहेको गुरुकुल स्कुल नेपालटारमा आयोजित एक कार्यक्रमका बीच वल्र्ड रेकर्डका लागि १ मिनेटमा १ सय १३ जनासँग अँगालो मारेका हुन् । 

यस अगाडि यो रेकर्डमा अमेरिकाका जसोन राइटरले नाम लेखाएका छन् । जसोनले सन् २०१७ मा १ मिनेटमा ८६ जनासँग अँगालो हालेर रेकर्ड बनाएका थिए । उनी पछि अब यो रेकर्ड नेपालका समिटको नाममा बिश्वास गरिएको छ । 

१४ वर्षिय समिट तारकेश्वर–२१ मा अवस्थित गुरुकुल पब्लिक स्कुलका कक्षा  ८ का बिद्यार्थी हुन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया