विश्वमा यस्तो देश पनि छ, जहाँ ९६ प्रतिशतको घर छ

५ बर्ष अगाडि


विश्वमा धेरै यस्ता देश छन् जहाँ घरको विषयलाई लिएर मानिसले धेरै समस्याको सामना गर्नु परेको छ । घर नभएकै कारण ठूलो संख्याका मानिस यात भाडामा बस्छन् या गरिबीका काण फुटपाथमै बस्ने गरेका छन् । तर विश्वकै कुनै यस्तो देश छ जहाँ ९६ प्रतिशतको घर छ ।

यो युरोपेली देश रोमानिया हो । यो यस्तो एक मात्र देश हो जहाँ ९६ प्रतिशत मानिससँग आफ्नै घर रहदै आएको छ । याहाँका मानिस भाडामा बस्नका लागि बिलकुल मन पराउदैनन् । केबल घरको मामिलामा मात्रै होइन, यो देशका अन्य धेरै कुराहरु पनि आश्चर्य लाग्ने खालको छ ।

युरोपमा रहेको यो स्वतन्त्र देशका मानिस आफ्नो संस्कृती तथा परम्परालाई पनि बहुतै माया गर्छन् । यसै कारणले याहाँका ८५ प्रतिशत मानिस रोमानियाली भाषा बोल्छन् । यो देशको क्षेत्रफल ९१ हजार ६७१ वर्ग माइल रहेको छ । यो भारतको उत्तर प्रदेश बराबर हो । यो देशको आधिकारिक भाषा रोमानियन हो ।

रोमानियाका मानिस घर किन्ने विषयलाई बढी प्राथमिकता दिन्छन् । याहाँको सरकारी नीति तथा भाडाको घरको मौका अत्यन्त कम रहदै आएको छ । युरोपेली संगठनमा भियना र पेरिसपछि रोमानियाको राजधानी बुखारेस्ट सर्वाधिक आवादी भएको सहर हो ।

यो मुलुकका मानिस पाहुनालाई वाइनले स्वागत गर्ने गर्छन् । २००७ मा यो मुलुक युरोपेली संघमा समावेश भएको थियो । यसपछि याहाँका मानिस युरोपको कुनै पनि देशमा बिना भिषा आवत जावत गर्न सक्छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया