डलरको भाउ क्रमशः घट्दै कस्तो प्रभाव पर्ला नेपाली बजारमा

५ बर्ष अगाडि

काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा आज अमेरिकी डलरको भाउ ११० रुपैयाँ भन्दा कम आएको छ । उच्चतम मूल्यबाट डलरको भाउ करिब साढे सात प्रतिशतले तल आएको हो ।
गत असोज २४ गते डलरको भाउ बढी  महँगो भई ११९ रुपैयाँ ३३ पैसा पुगेको थियो। त्यसयता निरन्तर घटेको डलर आज  १०९ रुपैयाँ ९५ पैसामा आएको छ ।

डलर कमजोर हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्सको भुक्तानी परिवारले कम पाउँछन । तर आयातमा कम भार पर्छ, जसले गर्दा उपभोक्ता मूल्य सस्तो पर्नेछ । बैंकहरुले हरेक दिन डलरको किनबेच अन्तराष्ट्रिय बजार अनुसार गर्ने गरेका छन् ।

विदेशबाट ऋण लिएर लगानी गर्न चाहनेका लागि अहिले राम्रो अवशर हो। ११९ रुपैयाँ पुगेर फर्किएको डलरमा अहिले ऋण लिँदा भविस्यमा तिर्नु पर्ने दायित्व आजकै मूल्य हाराहारी हुन्छ। त्यसो हुँदा डलर बढ्दा पनि ठूलो जोखिम हुँदैन ।

अमेरिकी केन्द्रीय बैंकले अब केही समय ब्याज नबढाउने घोषणा गरेपछि डलर कमजोर भएको हो। केही समय डलर कमजोर देखिए पनि भारतीय निर्वाचनपछि यसको दिशा कता जाने भन्ने तय हुने छ।

डलरको कमजोर हुँदा निर्यात व्यापारीको आम्दानी घट्छ । बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आय पनि घट्छ। नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्न पर्ने सामान तथा सेवाहरु सस्तो पर्ने छ।

आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य कमीले नेपाली बजारमा सकारात्म्क प्रभाव पर्नेछ ।  डलर तिरेर विदेशबाट आउने सामानको मूल्य कम हुने अनुमान छ ।

विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा कमी हुने देखिएको छ ।  उत्पादित बस्तुको लागत कम भएपछि यसको असर केही दिनमै उपभोक्य वस्तुको मूल्यमा देखिन थाल्ने बताइएको छ ।

डलर घट्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा सजिलो हुनेछ ।  सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनाहरुलाई समेत कम पैसा तिर्नु पर्ने भएकाले थप सहज हुन जान्छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया