प्रचण्डविरुद्ध अमेरिकामा उजुरी हाल्ने ‘पूर्व नेपाली’ हाल्नेमाथि खनिए नेकपा नेता

ajaako_artha

काठमाडौं– नेकपा नेता सूर्य थापाले पार्टी अध्यक्ष प्रचण्डविरुद्ध अमेरिकामा उजुरी हाल्ने तिलक श्रेष्ठको कडा आलोचना गरेका छन् । 
 हाल अमेरिका केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत  श्रेष्ठले अमेरिकाको बाल्टिमोरस्थित अनुसन्धान सम्बन्धी संघीय ब्यूरोमा प्रचण्डलाई ‘आतंककारी’ भन्दै उजुरी हालेका थिए । 
‘नेपालको शान्ति प्रक्रिया अमेरिकासहित विश्वको समर्थन र सद्भावमा सफलताका साथ आजको अवस्थासम्म आएको संसारलाई अवगत नै छ । पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ूप्रचण्डूलाई ूआतंककारीू भनी उजुरी गरेका व्यक्ति भूतपूर्व नेपाली तिलक श्रेष्ठ (Parcial Head Damaged -PHD!)  रहेको तथ्य स्पष्ट छ ।’  थापाले भनेका छन्, ‘यस्ता परपीडक मान्छे, जसले नेपालका पूर्व प्रधानमन्त्रीको पारिवारिक पीडामा अझ नुनचुक थप्न खोजे, यो अत्यन्त रद्दी र घिनलाग्दो तरिका मात्र हो ’
 संविधान, कानुन र विधिको शासनका पक्षमा विद्रोहलाई शान्तिपूर्ण अवतरण गराउने प्रचण्डमाथि श्रेष्ठले अपमान गर्ने प्रयास गरेको भन्दै खेद व्यक्त गरेका छन् । 

थापाले शान्ति प्रक्रिया विरोधी र नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठाविपरीत क्रियाकलाप गर्ने श्रेष्ठमाथि सरकारले छानविन गरी आवश्यक दण्ड दिने प्रबन्ध गर्नुपर्ने माग समेत गरेका छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१