अब नागरिकतामा उपनाम राख्न सकिने

५ बर्ष अगाडि

काठमाडौँ – नागरिकतामा इच्छाअनुसार उपनाम राख्न पाइने भएको छ । प्रतिनिधिसभा राज्य व्यवस्था समितिको मंगलबारको बैठकले यस्तो सहमति जुटाएको हो ।

नागरिकतासम्बन्धी विधेयकमाथि दफावार छलफलका क्रममा भएको यो सहमतिले कुनै व्यक्तिले नामथरसँगै उपनाम पनि राख्न पाउने भएका हुन् । थर उल्लेख गर्न नचाहनेले नागरिकतामा आफूलाई उपनामबाट मात्र पनि चिनाउन सक्नेछन् । अहिले नागरिकतामा नाम र थर मात्र उल्लेख हुँदै आएको छ ।

समितिले यसअघि नै आमाको नामबाट नागरिकता लिँदा बाबुको पुस्ट्याइँ गर्नु नपर्ने, महिला, पुरुष र तेस्रोलिंगीले पनि आफ्नो पहिचानअनुसारको नागरिकता लिन सक्ने र लिंग परिवर्तन गर्नेले चिकित्सकीय प्रमाण पेस गरे बदलिएको पहिचान खुल्ने नागरिकता दिने प्रावधानमा सहमति जुटाइसकेको छ । समितिले नागरिकता कसुर दण्डको विषयमा पनि सहमति जुटाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया