फोरमसँग एकता गर्न राजपाले बनायो वार्ता समिति

५ बर्ष अगाडि

काठमाडौं - राजपाले संघीय समाजवादी फोरमसँग एकता एवं सहकार्यका लागि वार्ता कमिटी गठन गरेको छ। राजपाले अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो संयोजक रहेको वार्ता टोलीका अन्य सदस्यमा वृषेशचन्द्र लाल, रमेश यादव, सुनिल रोहित र केशव झा छन्।

पार्टी एकीकरणका लागि फोरमले पत्र लेखेपछि गत शुक्रबार राजपाले त्यसको जवाफ पठाएको थियो। होटल हायातमा अघिल्लो हप्ता बसेको राजपा अध्यक्षमण्डलका नेताको बैठकले महतोको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो। त्यसलाई मंगलबार पूर्णता दिइएको हो। फोरमले पनि राजपालगायतसँग वार्ताका लागि मंसिर २३ गते केन्द्रीय समितिको बैठकबाट उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो।

राजपाले प्रदेश सरकार संयोजन समिति र स्थानीय तह संयोजन समिति पनि बनाएको छ। मंगलबारको बैठकले यी समितिलाई पनि पूर्णता दिएको छ। महेन्द्र राय यादवको संयोजकत्वमा प्रदेश सरकार संयोजन समितिमा मृगेन्द्रकुमार सिंह यादव, गज्जाधर यादव र डा. विजय सिंह छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया