हिङ्ग स्वास्थ्यको लागि सुन ! यस्ता छन् हिङ्गका चमत्कारिक फाइदा

५ बर्ष अगाडि

हिङबाट अनेकौं किसिमका रोगहरुको उपचार गर्न सकिन्छ । हिंगलाई पहिले घ्यूमा फुराएर मात्र औषधिको रुपमा प्रयोगगर्नुपर्छ । छालामा लगाउँदा मात्र घ्यूमा नफुराई प्रयोग गर्न सकिन्छ ।

असली र शुद्ध हिङ मात्र औषधी उपचारमा प्रयोग गर्नु आवश्यक छ ।

पेट मडारिने घोच्ने, दुख्ने, दिसा लाग्ने भएमाः
हिङ, जाइफल, केशर र मरिच १५\१५ ग्राम सबै बराबर पिनेर धूलो पार्ने र तातो पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने र सुकाएर राख्ने । आवश्यकता अनुसार १\२ गोली मनतातो पानीसँग खाएमा निको हुन्छ ।

कब्जियत र अधिक वायु भएमाः
आँपको कोया आगोमा पोल्ने र त्यस भित्रको गुदी निकाल्ने र त्यसमा १\४ भाग हिङ र सिदेनून मिसाएर औषधीलाई सिसीमा राख्ने र आवश्यकता अनुसार १\२ ग्राम औषधी मनतातो पानीसँग खाने गरेमा १\२ दिनमै ठीक हुन्छ ।

कान दुख्ने, पिप आउने , खटिरा आदि भएमाः
ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चा आधा चम्चा हिङ र सानो चम्चा १ चम्चा सिदेनून धूलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।

दम रोगमा:
एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई\दुई गोली तातो पानीसँग बिहान\बेलुका सेवन गर्ने तथा तारपिनको तेल टातीमा लगाउनाले दम रोग केही महिनामा नै ठकि हुन्छ ।

हिङवाष्टक चूर्ण:
पेट सम्बन्धी समस्याहरु जस्तै ग्याष्ट्रिक, अमलपित्त, अजीर्ण, मन्दाग्नि, खाना, अपच, खाना नरुच्ने आदिका लागि हिंगवाष्टक चूर्ण बनाएर प्रयोग गरेमा लाभकारी हुनेछ ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया