(Wednesday, 24 April, 2019)
By: आजको अर्थ
चैत ७, २०७५

काठमाडौं– भ्रमपूर्ण समाचार लेखेर आतंक फैलाउने एक पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । 

‘काठमाडौ जिल्लामा १० स्थानमा वम विस्फोट’ भनि केहि दिन अगाडि सामाजिक भ्रमपूर्ण समाचार संप्रेषण गरी आतंक फैलाउने कपिलवस्तुको वाण गंगा नगरपालिका वडा नं ६ वस्ने  अनलाईन आवाज डटकमका सहसम्पादक गौरव खनाललाई प्रहरीले पक्राउ गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय रुपन्देहीवाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेपछि काठमाडौं ल्याएर साईवर अपराध अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।  
महानगरीय प्रहरी परिसर काठमाडौंंका अनुसार उनलाई काठमाडौ जिल्ला अदालतवाट दिन ५ म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । 


 



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत