'राजा सहजै दरबार छाड्न तयार भए'

५ बर्ष अगाडि

 काठमाडौं – सभामुख कृष्णबहादुर महराले तत्कालीन राजा ज्ञानेन्द्र शाहले सहमतिमै नारायणहिटी छोडेको बताएका छन्। 

गिरिजाप्रसाद कोइरालाको ९ औं स्मृति दिवस तथा जिपी कोइराला मेमोरियल सामुदायिक कलेजको छैटौं स्थापना दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा महराले भने, ‘राजाले दरबार छोड्नुभन्दा केही दिनअघि सिटौलाजी र मैले नागार्जुन दरबारको भ्रमण ग¥यौं। एक दिनअघि नारायणहिटी पुगेर छोडिदिनुस् भन्याैँ।’

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सुझावअनुसारै तत्कालीन राजासँग आफूहरू वार्ता गर्न गएको सुनाउँदै महराले भने, ‘हामीले सो काम गिरिजाबाबुकै सुझावअनुसार गरेका थियौं र सफल पनि भयो।’ गिरिजाप्रसादको विलक्षण व्यक्तित्वका कारण शान्ति प्रक्रिया र गणतन्त्र दुवै सफल भएको सुनाउँदै महराले थपे, ‘गिरिजाबाबुसँग पहिलोपटक बिपीपुत्र श्रीहर्षको निवासमा भेट भएको थियो। उहाँले कसरी आइपुग्नुभयो, रोल्पमा सिडिओले कत्तिको दुःख दिएका छन् भनेर सोध्नुभयो।’ नागरिक दैनिकमा खबर छापिएकाे छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया