नेपाल विरुद्ध भारतको १–३ गोलको अग्रता

५ बर्ष अगाडि

काठमाडौँ – पाँचौँ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबिच भएको खेलमा भारतले १ –३ गोलले अग्रता लिएको छ । 

विराटनगरस्थित शहीद रंगशालमा सुरु भएको खेलमा भारतले नेपाललाई १–३ गोलले अग्रता लिएको हो 

भारतकी जालीमा छिपरले २४ औं मिनेटमा फ्रिकिक मार्फत पहिलो गोल गरेकी थिइन् । त्यसपछी ३३ औं मिनेटमा हेड गोल गर्दै नेपालकी सावित्रा भण्डारीले बराबरी गोल बनाएकी थिइन् । 

हाफ टाइमपछी शुरु भएको खेलमा भारतको तर्फबाट रङ्गनाथनले दोस्रो गोल गर्दे नेपाल विरुद्ध १ –२ गोलले अग्रता दिलाएकी थिइन् । खेलको ७८ औ मिनेटमा भारतीय खेलाडी अन्जुले फेरी अर्को गोल गर्दे नेपाल विरुद्ध १–३ ले अग्रता लिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया