ट्रिपरले ठक्कर दिदाँ गोरखा फुजेलकी सुस्मा पन्तको मृत्यु

५ बर्ष अगाडि

धादिङ । काठमाडाँैबाट गोरखा जाँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आएको ट्रिपरले ठक्कर दिदाँ एक युवतीको घटनास्थलमै मृत्यु भएको छ । 
मोटरसाइकलको पछाडि बसेकी गण्डकी गाउँपालिका–३ फुजेलकी सुस्मा पन्तको मृत्यु भएको हो । बा ३५ प ८९०६ नम्बरको मोटरसाइकललाई बा २ क ३७६४ नम्बरको ट्रिपरले ठक्कर दिएको हो । 
मोटरसाइकल चालक कृष्ण सापकोटा सामान्य घाइते रहेको गजुरी प्रहरी वृतका प्रहरी निरिक्षक सञ्जय तिमिल्सीनाले जानकारी दिएका छन् । 
मृतक पन्तको शब गजुरी प्राथमिक स्वास्थ केन्द्रमा राखिएको प्रहरीले जनाएको छ । त्यस्तै ट्रिपर र मोटरसाइकल चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया