काँग्रेसले केन्द्रीय समितिको बैठक बोलायो

४ बर्ष अगाडि

काठमाडौँ–नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही चैत २३ गते शनिबार बस्ने भएको छ । 
काङ्ग्रेसले समसामयिक राजनीतिक परिस्थिति र भ्रातृ संस्थाको अधिवेशनका विषयमा छलफलका लागि बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

बैठक पार्टी कार्यालय सानेपामा बोलाइएको छ । काङ्ग्रेसले पार्टीको बैठकका लागि केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया